काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनशनरत डा. गोविन्द केसीले पनि गोरखाका नन्दप्रसाद अधिकारीकै नियति भोग्नु पर्ने हो कि भन्ने प्रश्न गरेका छन्।
उनले सरकारलाई ‘खतमाफहरु’ को संज्ञा दिँदै सत्याग्रही डा. केसीको माग सम्बोधन कि नगरिएको भन्ने प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जानेहरुलाई जनताले के सजाय दिने हो ? के नेपालका कम्युनिष्टका सबै खत माफ हुने, आखिर कहिलेसम्म ?’
गोरखाका नन्दप्रसाद अधिकारीको माओवादीद्वारा हत्या गरिएका आफ्ना छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै अनशन बसिरहेको समयमा मृत्यु भएको थियो।
उनको मृत्यु भएको पाँच वर्ष वितिसकेको छ। उनको शव शिक्षण अस्पतालमै रहेको छ भने श्रीमती गंगामाया अधिकारी अहिले पनि न्यायकै खोजीमा छन्।