शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदमा कुर्सी तोडफोड कांग्रेसको संस्कृति विपरीत : प्रवक्ता शर्मा

संसदमा कुर्सी तोडफोड कांग्रेसको संस्कृति विपरीत : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रदेश ५ को राजधानीका विषयमा भएको छलफलमा भएको कुर्सी तोडफोड कांग्रेसका नीति र संस्कृति विपरीत भएको बताएका छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रदेश ५ को राजधानीका विषयमा भएको छलफलमा भएको कुर्सी तोडफोड कांग्रेसका नीति र संस्कृति विपरीत भएको बताएका छन्।

उनले रोस्टम भाँच्नेदेखि संसदीय पद्धति नै नास्छौँ भन्ने कम्युनिष्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने पार्टीकै सांसदहरुलाई यस्तो छुट नभएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्ता प्रवृत्तिलाई सच्याउन कठोरतापूर्वक अघि बढ्ने अठोट लिएका छन्।
उनले भनेका छन्, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिफुट’ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौँ।’

प्रवक्ता शर्माले संसदीय प्रणाली कम्युनिस्ट पार्टीहरुका लागि बाध्यता र कांग्रेसका लागि रोजाइ रहेको भन्दै यसलाई परिमार्जित र सुसंस्कृत बनाउने जिम्मा कांग्रेसकै भएको उल्लेख गरेका छन्।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङका लागि प्रस्ताव गरिएपछि प्रदेशसभामा छलफलका क्रममा सोमबार कांग्रेस सांसदहरुले होहल्ला र कुर्सी तोडफोड गरेका थिए।

प्रकाशित: Oct 05, 2020| 14:00 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।