शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा भतिजी बलात्कार गर्ने काका सर्लाहीबाट पक्राउ

पोखरामा भतिजी बलात्कार गर्ने काका सर्लाहीबाट पक्राउ

आफ्नै सम्झेर घरमा आतिथ्यता दिएका काकाले उनलाई डरधम्की देखाए र बलात्कार गरे।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

पोखरा- सर्लाहीबाट २१ वर्षीय युवक गत मंसिरमा पोखरा आए। पोखरामा उनी दाइ नाता पर्ने कहाँ बास बसे। २ पुसमा घरका सबै सदस्य १४ वर्षीया छोरीलाई छोडेर काममा बाहिर निस्किए। 

भतिजीले काकालाई सम्मानसाथ घरमा राखिन्। आफ्नै सम्झेर घरमा आतिथ्यता दिएका काकाले उनलाई डरधम्की देखाए। राति साढे ९ बजे उनलाई ती बलात्कार गरे। बालिकाले प्रतिकार गर्न खोजिन् तर सकिनन्। 

ती युवक केही दिन सोही घरमा बसेर गृह जिल्ला सर्लाही फर्किए। घटना गुपचुप नै रह्यो। पछि पीडित बालिकाको गर्भ बस्यो। २९ भदौमा बालिकाले पेट दुख्यो भनेपछि उनलाई पोखराकै अस्पताल लगियो।

बालिकाले बच्चा पाएपछि उनका बुबा आमा आश्चर्यमा परे। त्यसपछि घरका सदस्यले सोधपुछ गर्दा काकाले आफूमाथि जबरजस्ती गरेको बालिकाले बताइन्।

परिवारले जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी दिए। जाहेरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढायो। काकालाई कास्की प्रहरीले सर्लाही प्रहरीको समन्वयमा आइतबार पक्राउ गरेको छ। 

उनलाई सोमबार पोखरा ल्याइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए। 

पक्राउ परेका युवकमाथि कास्की जिल्ला अदालतबाट हाडनाता करणी कसुर अन्तर्गत ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी हमालले बताए। आमा र शिशु दुवैजनालाई संरक्षण गृहमा राखिएको छ।
 

प्रकाशित: Oct 05, 2020| 13:50 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।