शनिबार, भदौ १३, २०८३

केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ बजारमा

राजनीतिक अभियन्ता एवं लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ बजारमा आएको छ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– राजनीतिक अभियन्ता एवं लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ बजारमा आएको छ।

‘मोक्षभूमि’ को कथा संवत १२८० बाट सुरु हुन्छ। यो कथा मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा हो। 

खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि जब दस हजार दासहरूलाई मुक्त गरिदिन्छन्, त्यसपछि सिन्जामा उथलपुथल आउँछ।

उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु हुन्छ। बहससँगै सुरु हुन्छ– मुक्त दासहरुको प्रेम, यौन, संघर्ष र मोक्षको लामो, आँधीमय यात्रा। ‘मोक्षभूमि’ त्यही यात्रा, अनुभूति र जीवन भोगाइको रोमाञ्चक वर्णन हो।

‘मोक्षभूमि’ ती मान्छेहरुको सपनाको कथा हो, जसको रगत र पसिनामाथि हाम्रो इतिहास उभिएको छ। तर, स्वयं ती मान्छेहरुको इतिहास भने गुमनाम छ। लेखक दाहाल भन्छन्, ‘त्यही गुमनाम कुनामा अलपत्र परेका आदिमान्छेहरुको कथा, गाथा र गरिमालाई मोक्षभूमिमा उनिएको छ। तर यो ऐतिहासिक उपन्यास होइन। यो एउटा खास समय, सत्ता र सपनाको कथा हो।’

उपन्यासमा मुक्त दासहरु कता जान्छन्? उनीहरूको देश खोज्ने यात्रा कसरी टुङ्गिन्छ? एक निरंकुश र चक्रवर्ती खस सम्राट क्राचल्लदेवले कसरी बौद्ध धर्म लिन्छन्? सनातन वैदिक धर्मलाई कसरी हिन्दुकृत गरिन्छ? प्रेम, धर्म, मोक्ष र साधनाको मार्ग के हो? यस्ता अनेक प्रश्नमाथि ३७६ पृष्ठको उपन्यासमा विमर्श गरिएको छ।

उपन्यास देशैभरका पुस्तक पसलका साथै अमेजन र थुप्रैडटकममार्फत इबुकका रुपमा विश्वभर उपलब्ध रहेको किताब पब्लिसर्सले जनाएको छ।

प्रकाशित: Oct 05, 2020| 13:40 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।