शनिबार, भदौ १३, २०८३

बोल्नै नसक्ने अवस्थामा पुगे अनशनरत डा. केसी 

२२ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं- २२ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन्।

डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई छाती तथा मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर बनाएपछि बोल्न नसक्ने अवस्थामा पुगेका हुन्।

केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम तथा फस्फोरसको मात्रा कमी हुनुका साथै मुटुको चाल घटबढ भइरहेको छ। 

श्वासप्रश्वासमा धेरै गाह्रो हुन थालेपछि आइतबारदेखि केसीलाई अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ। डा. केसीले अक्सिजनबाहेक कुनै पनि उपचार लिन मानेका छैनन्।

नेपाल चिकित्सक संघले डा. केसीसँग वार्ता गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ भने केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले एप्रोनमै सडकमा निस्किएर प्रदर्शन गर्न थालेका छन्। 

केसीले चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए उनलाई असोज ६ गते काठमाडौं ल्याइएको हो। 

सरकारले उनको माग सम्बोधनका लागि वार्ताको कुनै पहलसमेत गरेको छैन भने अनशन तोड्नका लागि आग्रहसमेत गरेको छैन।

प्रकाशित: Oct 05, 2020| 12:55 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।