शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ का कांग्रेस केन्द्रीय नेताहरु भन्छन्- राजधानी भालुवाङ नै उपयुक्त

प्रदेश ५ का कांग्रेस केन्द्रीय नेताहरु भन्छन्- राजधानी भालुवाङ नै उपयुक्त

प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका १० जना नेताहरुले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ नै उत्तम हुने जनाएका छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं- प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका १० जना नेताहरुले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ नै उत्तम हुने जनाएका छन्।

प्रदेशसभामा प्रमुख विपक्षी दल कांग्रेसले विरोध गरिरहेका बेला केन्द्रीय सदस्यहरु दीपक गिरी, किशोरसिंह राठौर, पार्वता डि.सी. चौधरी, शिला खड्का, गोपाल दहित, मंगल प्रसाद थारुलगायतका नेताहरुले विज्ञप्ति निकालेर प्रदेश राजधानी भालुवाङ नै उत्तम हुने बताएका हुन्।

उनीहरुले उत्तम ठाउँमा राजधानी तोक्ने गरी प्रदेशसभामा प्रस्ताव दर्ता भएका बेला पक्ष र विपक्षमा भएका बहसहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमार्फत् उनीहरुले भनेका छन्, ‘सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक स्रोतको न्यायिक वितरण,जनमतको कदर र संघीयताको मर्म र भावनाअनुसार पाँच नम्बर प्रदेशका सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणले समेत अत्यन्त उपयुक्त स्थान दाङ देउखुरीको भालुवाङलाई यस प्रदेशको राजधानीबनाउने प्रस्तावप्रतिहाम्रो पूर्ण समर्थन छ।’

साथै नेताहरुले यस विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरुले व्यक्तिगत प्रतिस्ठाको विषय नबनाई जनतालाई उत्तेजित बनाउने कार्य कहीँ कतैबाट गर्न गराउन उपयुक्त नहुने राष्ट्रिय परिस्थिति रहेकोसमेत औँल्याएका छन्।

विज्ञप्ति जारी गर्ने नेताहरु

१. दीपक गिरी, नेपाली कांग्रेस, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री

२. किशोरसिंह राठौर,नेपाली कांग्रेस, केन्द्रीय सदस्य एवम् संघीय सांसद

३ पार्वता डि.सी. चौधरी, नेपाली कांग्रेस, केन्द्रीय सदस्य एवम् संघीय सांसद

४. शिला खड्का, नेपाली कांग्रेस, केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य

५. डा. गोपाल दहित, नेपाली कांग्रेस, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री

६. मंगल प्रसाद थारु , नेपाली कांग्रेस, केन्द्रीय सदस्य

७. योगेन्द्र चौधरी, नेपाली कांग्रेस, केन्द्रीय सदस्य एवम् पूर्व सांसद

८ कृष्ण किशोर घिमिरे, नेपाली कांग्रेस, केन्द्रीय सदस्य एवम् पूर्व सांसद

९. सञ्जय गौतम, नेपाली कांग्रेस, जिल्ला सभापति, बर्दिया एवम् संघीय सांसद

१०. अमर सिंह पुन, नेपाली कांग्रेस, जिल्ला सभापति, रोल्पा, पूर्व राज्य मन्त्री एवम् संविधानसभा सदस्य

प्रकाशित: Oct 05, 2020| 12:05 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।