शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु, चारको अवस्था सामान्य 

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु, चारको अवस्था सामान्य 

थापाथलीस्थित परोपकार प्रसूति गृहमा सोमबार २८ वर्षीया महिलाले पाँच शिशु जन्माएकी छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– थापाथलीस्थित परोपकार प्रसूति गृहमा सोमबार २८ वर्षीया महिलाले पाँच शिशु जन्माएकी छन्।

नुवाकोटकी सोमिका तामाङले पाँच शिशुलाई जन्म दिएको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए।

सुवेदीकै नेतृत्वमा ती महिलाको शल्यक्रिया गरिएको थियो। शिशुमध्ये जीवित चारवटी छोरी र मृत्यु भएका शिशु छोरा रहेको सुवेदीले बताए। 

प्रसूति गृहमा नियमित गर्भ जाँच गराइरहेकी तामाङको तीन साताअघि भिडियो एक्सरे गर्दा एक बच्चाको गर्भमै मृत्यु भएको थाहा भएपछि चिकित्सकले अस्पतालमा नै राखेर उपचार गरिएको थियो। 

हाल आमा र चार जना शिशुको स्वास्थ्य अवस्था सामान्य  छ। चार शिशुमध्ये एउटाको तौल एक किलो नौ सय ग्राम  छ। अन्यको तौल क्रमशः एक किलो आठ सय ग्राम, एक किलो ६ सय ग्राम र आठ सय ग्राम रहेको सुवेदीले जानकारी दिए।
 

प्रकाशित: Oct 05, 2020| 11:20 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।