शनिबार, भदौ १३, २०८३

प्रतिपक्षीको अवरोधबीच प्रदेश ५ को संसद् बैठक स्थगित

प्रदेश ५ प्रदेश सभाको बैठक भोलि असोज २० गते मंगलबार मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– प्रदेश ५ प्रदेश सभाको बैठक भोलि असोज २० गते मंगलबार मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच सभामुखले बैठक स्थगित गरेका हुन् । 

बिहान १२ बजे बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरुले रोस्टम घेराउ गरेपछि बैठक स्थगित भएको थियो।

त्यसपछि दिउँसो कांग्रेस सासदहरुसँग धकेलाधकेल गर्दै रोस्टममा पुगेका प्रदेशका आन्तारिक मामिला मन्त्री कुलप्रसाद केसीले राजधानी र नामका सम्बन्धमा प्रस्ताव पेस गरेका थिए।

प्रस्ताव पेस गरेको भन्दै संसदभित्रै कांग्रेस सांसदहरु वसिउद्दिन खान, विजयबहादुर यादवले कुर्सी तोडफोड गरेका थिए।

त्यसपछि नेकपा सांसद भोजप्रसाद श्रेष्ठले समय लिएर बोल्दै संसद्ले सहमतिमा काम गर्नुपर्ने, जबरजस्ती संसद चलाउन नहुने बताइरहँदा उनको माइकको आवाज काटिएको थियो।

त्यसलगत्तै नेकपा सासद विष्णु स्नु पन्थी, राजमोका तारा जीसी, जसपाका विजय यादव, कांग्रेस सासद दीपेन्द्र पुनलगायतले बोलेका थिए। 

प्रकाशित: Oct 05, 2020| 10:32 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।