शनिबार, भदौ १३, २०८३

प्रदेश ५ को प्रदेशसभामा तोडफोड

आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि प्रतिपक्षी कांग्रेसलगयतका सांसदहरु तोडफोडमा उत्रिएका हुन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

बुटवल– प्रदेश ५ को प्रदेश सभा बैठकमा सोमबार तोडफोड भएको छ। । आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि प्रतिपक्षी कांग्रेसलगयतका सांसदहरु तोडफोडमा उत्रिएका हुन्।

प्रतिपक्षी सांसदहरुले सदनका कुर्सी र टेबुलमा तोडफोड गरेका थिए। त्यसपछि पनि सभामुखले बैठकलाई जारी राखेका थिए।  

प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरी सभामा पेस गरेको हो।

नामका विषयमा कसैले विमति नजनाए पनि राजधानीका विषयमा कांग्रेसलगायतका दलले तीव्र असन्तुष्टि जनाएका छन्। उनीहरूको माग प्रदेश राजधानी बुटवलमै हुनुपर्छ भन्ने छ।

सत्तारुढ नेकपाले भने भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। यस्तै दलले पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई पनि विशेष निर्देशन (ह्विप) जारी गरिसकेको छ। 

नेकपाका ६१ सांसदमध्ये ५९ जनाले मतदान गर्न पाउँछन्। कुल ८७ सदस्यीय रहेको प्रदेशसभामा दुई तिहाई मत ५८ सदस्य हुन्छ।
 

प्रकाशित: Oct 05, 2020| 10:12 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।