शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साझा पार्टीको प्रश्न– केसीका मागप्रति प्रधानमन्त्री ओलीलाई किन लज्जाबोध हुँदैन?

साझा पार्टीको प्रश्न– केसीका मागप्रति प्रधानमन्त्री ओलीलाई किन लज्जाबोध हुँदैन?

‘डा. केसीले १९ औं अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन्? छन् भने सरकारले आमजनतालाई व्याख्या गर्नुपऱ्यो।’ 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– २२ दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको नाजुक बन्दै गएको स्वास्थ्य अवस्थाप्रति साझा पार्टीले चिन्ता प्रकट गरेको छ।

साझाले डा. केसीजस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग पूरा गर्न सरकारसँग माग गरेको छ।

साझा पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘डा. केसीले १९ औं अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन्? छन् भने सरकारले आमजनतालाई व्याख्या गर्नुपऱ्यो।’ 

विज्ञप्तिमा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो माग सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा रहेको उल्लेख छ। 

‘यिनै दलले पटकपटक सरकारको नेतृत्व गर्दा पनि डा. केसी उस्तै माग राखेर फेरी–फेरी अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बना हो’, साझाले भनेको छ।

अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दासमेत सरकारले क्रूर असंवेदनशीलता प्रकट गरेर वार्ता टोलीसम्म गठन नगरेर गैरजिम्मेवार बनेको आरोप साझाको छ। 

विज्ञप्तिमा उल्लेख छ, ‘कुचोले बढार्नुपर्ने कसिंगर, हावाले उडाएर लैजाओस्’ भनेझैं रवैया प्रस्तुत गरिरहेको छ। के सरकारले डा केसीलाई मार्नै खोजेको हो?’ 

साझाले पछिल्लोपटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा. केसी तिनै मागसहित पुनः अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन? भन्ने प्रश्न पनि उठाएको छ। 

प्रकाशित: Oct 05, 2020| 08:58 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।