शुक्रबार, फागुन २९, २०८२

अर्मेनिया र अजरबैजानबीच सीमा युद्ध चर्कँदै

अर्मेनिया र अजरबैजानबीच नागोर्नो-काराबाखमा जारी युद्ध चर्किँदै गएको छ। दुवैतर्फ ठूलो मात्रामा गोलाबारी भएको एजेन्सीहरुले जनाएका छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

अर्मेनिया र अजरबैजानबीच नागोर्नो-काराबाखमा जारी युद्ध चर्किँदै गएको छ। दुवैतर्फ ठूलो मात्रामा गोलाबारी भएको एजेन्सीहरुले जनाएका छन्।

National life

अर्मेनियाले अजरबैजानले नागोर्नो-काराबाखको प्रमुख सहर स्टेप्नाकियर्टलाई निशाना बनाएको आरोप लगाएको छ। त्यस क्षेत्रमा लगातार गोलाबारी भइरहेको र थुप्रै ठाउँमा कालो धुवाँको मुस्लो देखिएको एएफपीले उल्लेख गरेको छ।

अजरबैजानको रक्षा मन्त्रालयले अर्मेनियाको सेनाले ३ लाखभन्दा बढी आबादी रहेको गान्जा सहरमा रकेट आक्रमण गरेको आरोप लगाएको छ। भिडियो फुटेजहरुमा कयौँ घरहरु ध्वस्त भएको देखिएको छ।

दुवै देशले एकअर्कोमाथि ठूला हतियार प्रयोग गरिरहेको आरोप लगाएका छन्। अजरबैजानको सहयोगी देशले टर्कीले पनि अर्मेनियाले गान्जा सहरलाई निशाना बनाएर आक्रमण गरेको आरोप लगाएको छ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलिवेनले राष्ट्रको नाममा सम्बोधन गर्दै युद्ध रोक्नका लागि केही शर्तहरु रहेको बताएका छन्। तर अर्मेनिया अजरबैजानका शर्तहरु मान्न तयार देखिएको छैन।

Laxmi sunrise bank
kumari

अजरबैजानले अर्मेनियाले आफ्नो जमिन छोड्नुपर्ने बताएको छ। साथै राष्ट्रपति अलिवेनले अर्मेनियाले अजरबैजानका जनतासँग माफी माग्नुपर्ने बताएका छन्।

अर्मेनियाको सेनाले गरेको आक्रमणमा गान्जा सहरमा २० सर्वसाधारण मारिएको अजरबैजानको आरोप छ।

एक हप्तादेखि जारी दुई देशको युद्धमा अहिलेसम्म साढे २ सय मानिसको मृत्यु भइसकेको छ।

यी दुई देशबीच झण्डै ३० वर्षअघिको विवादका कारण गत सातादेखि पुनः तनाव सुरु भएको हो।

प्रकाशित: Oct 05, 2020| 08:50 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।