शनिबार, भदौ १३, २०८३

कोरोना संक्रमण रोकथाममा सरकार उदासीन : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाममा सरकार पूर्ण रुपमा उदासीन रहेको आरोप लगाएको छ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाममा सरकार पूर्ण रुपमा उदासीन रहेको आरोप लगाएको छ।

कांग्रेसले पीसीआर परीक्षणबाट संक्रमित देखिएका व्यक्तिहरुका लागि उचित आइसोलेसनको व्यवस्था नगरेर सरकारले संक्रमण रोकथाममा उदासीनता देखाएको आरोप लगाएको हो। 

पार्टीले संक्रमण भएर घरमा बस्ने अवस्था नभएकाका लागि आइसोलेसनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। 

कांग्रेस सहमहामन्त्री एवम् कोभिड—१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्न समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्डअनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको बिचल्ली भएको छ।’ यस्ता संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको कांग्रेस विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा उल्लेख छ, ‘कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्थिति छ।’

यस कारण संक्रमितहरुले आफू संक्रमित भएको कुरा लुकाएर बस्नुपर्ने परिस्थिति रहेको कांग्रेस विज्ञप्तिमा उल्लेख छ।  

संक्रमण बढ्ने खतराप्रति सरकार पूरै उदासीन रहेको आरोप कांग्रेसले लगाएको छ। कांग्रेसले कोभिड–१९ को लक्षण  देखिएका संक्रमितको अस्पतालमा उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। 

प्रकाशित: Oct 05, 2020| 08:12 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।