शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सार्वजनिक गर्न राप्रपा अध्यक्ष राणाको माग

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सार्वजनिक गर्न राप्रपा अध्यक्ष राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी ओलीको पछिल्लो स्वास्थ्य स्थिति सार्वजनिक गर्न माग गरेका छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी ओलीको पछिल्लो स्वास्थ्य स्थिति सार्वजनिक गर्न माग गरेका छन्। अध्यक्ष राणाले ट्विट गर्दै प्रधानमन्त्री आइसोलेसनमा बस्नु पर्ने वा नपर्ने बारे सरकारले औपचारिक जानकारी सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
‘प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्त्वको विषय हो,’ राणाले भनेका छन्।

प्रधानमन्त्रीका निकट सहयोगी र सल्लाहकारमा कोरोना संक्रमित भएपछि अध्यक्ष राणाले यस्तो धारणा व्यक्त गरेका हुन्। सरकार प्रमुखको स्वास्थ्य अवस्थालाई लिएर जनतालाई सुुसूचित गर्ने विश्वव्यापी प्रचलन कायम रहेको उनको भनाइ छ।

‘प्रधानमन्त्री ओलीका सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएबाट प्रधानमन्त्री स्वयंको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो। विश्वव्यापी प्रचलन यस्तै छ,’ राणाले भने।
 

प्रकाशित: Oct 05, 2020| 07:43 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।