शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको निर्णयसँगै प्रदेश ५ को राजधानी भालुवाङ बन्ने पक्का

नेकपाको निर्णयसँगै प्रदेश ५ को राजधानी भालुवाङ बन्ने पक्का

प्रदेश ५ को नेकपा संसदीय दलले प्रदेश राजधानी दाङकाे भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

भैरहवा– प्रदेश ५ को नेकपा संसदीय दलले प्रदेश राजधानी दाङकाे भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।  

नेकपा संसदीय दलका नेता एवम् मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा केही बेरअघि सम्पन्न बैठकले सरकारले पेस गरेको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। 

बैठकपछि नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकालले भने, ‘सरकारले पेस गरेको प्रस्तावका पक्षमा सबै माननीयले मतदान गर्ने निर्णय भएको छ।’ 

नेकपाको संसदीय दलको निर्णय भएसगै प्रदेश ५ को राजधानी दाङको भालुवाङ बन्ने पक्कापक्की भएको छ। 

नेकपाका ६१ सांसदमध्ये ५९ जनाले मतदान गर्न पाउँछन्। कुल ८७ सदस्यीय रहेको प्रदेशसभामा दुई तिहाई मत ५८ सदस्य हुन्छ।

भालुवाङ राजधानी बनाउने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन भइरहेको छ। प्रतिपक्षी कांग्रेसलगायतले बुटवलमै राजधानी बनाउनुपर्ने पक्षमा छन्। 

प्रदेश सरकारले शुक्रबार प्रदेशको राजधानी भालुवाङ र नाम लुम्बिनी बनाउने प्रस्ताव प्रदेश सभामा दर्ता गराएको थियो। प्रदेशको नाममा भने विरोध भएको छैन।

यसअघि नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले प्रदेश राजधानीका विषयमा असन्तुष्टि जनाउँदै विधान संशोधन मस्यौदा समितिको सभापतिबाट राजीनामा दिएका छन्।

प्रकाशित: Oct 05, 2020| 07:10 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।