शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अब सवारी वा कागजात हराए अनलाइनबाटै ट्राफिकलाई उजुरी गर्नुस् 

अब सवारी वा कागजात हराए अनलाइनबाटै ट्राफिकलाई उजुरी गर्नुस् 

अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् । 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौँ- केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन  अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे। 

मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो ।  यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो । 

अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्बसाधारणका लागि ठुलो राहत मिलेको छ । अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् । 

विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको सङ्क्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगतर्फ जोड दिएको पाइएको छ । कार्यालयमा भिडभाड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यबस्थापन चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी प्रविधितर्फ जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताउँछन् । 

महाशाखामा यही असोजमा हराएका कागजात र सवारी साधनबारे अनलाइनमार्फत निवेदन दिन सकिने गरी नयाँ सफ्वेयरको विकास गरिएको हो । यसका लागि  महाशाखाको वेवसाइट तचबााष्अ।लभउबउियष्अिभ।नयख।लउ मा गएर अनलाईन एप्लिकेशनमा क्लिक गर्नुपर्ने छ । 

त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेशन’ र ‘लस्ट भेइकल एप्लिकेशन’ गरी दुई वटा अप्सन देख्नुहुने छ । आफ्नो समस्याको आधारमा एउटा अप्सन छनोट गरी त्यसमा क्लिक गरेर निवदेन दिन सकिनेछ । 

नेपाली वा अङ्ग्रेजी दुबै भाषामा निवेदन दिन सकिने व्यवस्था छ । अनलाइनमा मागिएको विवरण भरेर पठाएपछि उक्त विवरण सोझै ट्राफिक प्रहरीको नियन्त्रण कक्षमा पुग्ने छ ।

त्यही विवरणको आधारमा प्रहरीले दर्ता गरी तत्काल खोजी कार्य शुरु गर्ने महाशाखाअन्तरगत कम्युटर शाखाका प्रहरी निरीक्षक सुरेशकुमार थापाले जानकारी दिए ।  

उनका अनुसार अनलाईन प्रणालीको अनुगमन र रेखदेखमा कम्युटर एडमिन शाखाले काम गर्ने छ । त्यही शाखामार्फत गुनासोकर्तालाई सूचना सम्प्रेशण हुन्छ । फेला परेपछि अनलाइनबाटै सूचना पुग्ने गरी सफ्टवेयरको विकास गरिएको छ त्यही सूचनाको आधारमा  सवारी वा कागजातधनीले आफ्नो सामग्री लैजान सक्ने छन् । 

यही असोज ५ गते हराएका सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्रको सिफारिसको निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्थाको थालनी गरिएको र असोज १८ बाट भने हराएका सवारीको पनि अनलाइनबाटै निवेदन दिन सकिने गरी सफ्टवेयरको प्रयोग शुरु भएको छ । 

महाशाखाका अनुसार झण्डै १५ दिनको अबधिमा अनलाइनबाट एक हजार ५१२ वटा निवेदन प्राप्त भइसकेको छ ।

महाशाखाले प्रविधिलाई जोड दिँदै ट्राफिक व्यवस्थापन सम्बन्धिका अन्य विभिन्न गतिविधि अघि बढाएको थियो । महाशाखा कै समन्वयमा विगत ९ वर्षदेखि बिग्रिएर बसेको काठमाडौँ उपत्यकाको २४ स्थानका सञ्चालित प्रविधिमैत्री ट्राफिक बत्तीले सवारी आवागमनमा सहज पारेको छ । अन्य ११ स्थानका लागि काम भइरहेको महाशाखाले जनाएको छ ।  

यस्तै सर्भिलेन्स भेईकल्स, राडर गन, बे्रथलाइजरको समेत अधिकतम उपयोग गरी ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही जारी छ । भेइकलमार्फत ५५६ र राडर गनमार्फत एक हजार ७६४ सवारी साधनलाई कारवाही गरिएको छ । ब्रेथलाइजरको प्रयोग गरी २५ हजार बढी सवारी कारवाही गरेको माशाखाले जनाएको छ । 

महाशाखाले ‘स्मार्ट कार्ड रिडर मेसिन’ को प्रयोग गरी सवारी चालक अनुमतिपत्रको पनि जाँच गरिरहेको छ । महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन र ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसूरमा कारवाहीको लागि खिचिएका कागजपत्रको अभिलेख व्यवस्थापनमा ‘ट्राफिक भाइलेन्स रेकर्ड सिष्टम’ गत फागुनबाटै प्रयोगमा ल्याइएको छ । 

काठमाडौँ उपत्यकामा हुने सवारी दुर्घटनाको अभिलेखीकारण गर्न महाशाखालगायत मातहतका ३३ कार्यालयमा सवारी दुर्घटनासम्बन्धी सूचना व्यवस्थापन प्रणालीको प्रयोगलाई तिब्र पारिएको छ । महाशाखाले विद्युतीय भुक्तानी प्रणालीका साथै विभिन्न सचेतनामुलक श्रव्यदृष्य सामग्रीहरु बनाउने प्रक्रिया अघि बढाएको छ । रासस

प्रकाशित: Oct 05, 2020| 07:04 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।