शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोशी अस्पतालमा स्वास्थ्यकर्मीले खुवाउँछन् बिरामीका कुरुवालाई खाना 

कोशी अस्पतालमा स्वास्थ्यकर्मीले खुवाउँछन् बिरामीका कुरुवालाई खाना 

विराटनगरका चिकित्सक र स्वास्थ्यकर्मीले कोशी अस्पताल विराटनगरमा उपचाररत बिरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालेका छन् । 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

विराटनगर- विराटनगरका चिकित्सक र स्वास्थ्यकर्मीले कोशी अस्पताल विराटनगरमा उपचाररत बिरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालेका छन्। 

चिकित्सक र स्वास्थ्यकर्मी मात्रै सदस्य रहेको लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलमार्फत बिरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालेको  क्लबका संस्थापक अध्यक्ष डा. बालकृष्ण साहले बताए।

एकसातादेखि कुरुवालाई बेलुकाको खाना खुवाउन थालिएको उनले बताए। ‘बिरामीलाई अस्पतालले नै खानाको व्यवस्था गरेको हुन्छ। तर कुुरुवाले बाहिर गएर होटलमा महँगो पैसा तिरेर खानु पर्ने अवस्था छ,’ त्यही भएर भोको पेट बस्न नपरोस् भनेर निःशुल्क खाना वितरण गर्न थालिएको हो,’ उनले भने । 

क्लबका द्धितिय उपाध्यक्ष एवं प्रदेश १ को स्वास्थ्य आपूर्ति महाशाखा प्रमुख शम्भु साहको पहल र संयोजकत्व तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासको सहजीकरणमा निःशुल्क खानाको व्यवस्था गर्न थालिएको उनले बताए। 

सरकारी अस्पतालमा गरिब र आर्थिक अवस्था कमजोर भएका बिरामीहरु उपचारका लागि आउने भएकाले उनीहरुका कुरुवालाई खानाको प्रवन्ध मिलाइएको उनको भनाइ छ । 

श्रीमान बिरामी भएपछि उपचारका लागि ल्याएकी मोरंग डाईनियाकी एक महिलाले बाहिर किनेर खाएकोभन्दा अस्पतालमा निःशुल्क आएको खाना धेरै मिठो रहेको सुनाईन । बेडमै निःशुुल्क खाना आइपुग्दा बिमारी बच्चालाई एक्लै छोडेर बाहिर जान नपरेको र रेखदेखमा पनि सजिलो भएको उनको भनाइ छ । 

डा. साहले टाढाबाट अस्पताल आएका सबैजसो कुरुवाले निःशुल्क खाना खाने गरेको जानकारी दिए । उनका अनुसार प्रसूति गराउन ल्याइएका बिरामीका कुरुवाबाट दैनिक वितरण सुरु गरिने खाना एक दिनमा सय जना बढीलाई दिने गरिएको छ । 

क्लबले प्रत्येक साता अनलाइन माध्यमबाट कोरोना सचेतना अभियान पनि चलाइरहेको छ ।  अभियानमार्फत कोरोना संक्रमणबाट बच्नका लागि अपनाउनु पर्ने सावधानी, मास्क र सेनिटाइजरको प्रयोग लगायतका विषयमा जानकारी दिन थालिएको छ । 

प्रकाशित: Oct 05, 2020| 05:24 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।