शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीको जीवनरक्षाको मागसहित चिकित्सकहरुले र्‍याली गर्ने

डा. केसीको जीवनरक्षाको मागसहित चिकित्सकहरुले र्‍याली गर्ने

२२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले आज दिउँसो र्‍याली गर्ने भएका छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं– २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले आज दिउँसो र्‍याली गर्ने भएका छन्।

चिकित्सकहरुले अस्पतालको कोभिड र इमर्जेन्सीबाहेकका अन्य सेवा छोडेर र्‍याली गर्न लागेका हुन्। र्‍यालीमा आवासीय चिकित्सकलगायत अन्य समर्थक पनि सहभागी हुनेछन्।

डा. केसीको स्वास्थ्य अवस्था निकै कमजोर बनिसक्दा पनि सरकारले उनका मागप्रति कुनै चासो देखाएको छैन। डा. केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ।

चिकित्सकका अनुसार उनको श्वासको गति बढेको छ।, चक्कर लाग्ने र अत्यधिक थकान हुनेलगायतका समस्या देखिएको छ। केसीको उपचारमा संलग्न डा. सुवासप्रसाद आचार्यका अनुसार केसीको अवस्था कमजोर भए पनि उनले कुनै उपचार लिन मानेका छैनन्। 

प्रकाशित: Oct 05, 2020| 05:05 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।