शनिबार, भदौ १३, २०८३

सुदूरपश्चिममा ८६ प्रतिशत संक्रमित कोरोनामुक्त 

सुदूरपश्चिम प्रदेशमा हालसम्म ७ हजार ६०४ जना संक्रमित भएकोमा ६ हजार ५७० जना निको भएका छन् । जुन ८६.४० प्रतिशत हो । 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ८६.४० प्रतिशत निको भएर घर फर्किएका छन् । 

हालसम्म ७ हजार ६०४ जना संक्रमित भएकोमा ६ हजार ५७० जना निको भएका छन् । जुन ८६.४० प्रतिशत हो । 

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ६९ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । अछामका ४९, डोटीका १७, डडेल्धुराका एक र सेती प्रादेशिक अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। 

योसंगै प्रदेशभरमा कोरोनामुक्त हुनेको संख्या छ हजार ५७० पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभमा ३६ जना संक्रमित थपिएका छन् ।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।  

योसंगै प्रदेशभमा कुला संक्रमितको संख्या सात हजार ६०४ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार १६ रहेको छ । 

प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा सक्रिय संक्रमित रहेका छन् । कैलालीमा पाँच सय ६७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डोटीमा एक सय १९, बझाङमा एक सय ११, कंचनपुरमा ८९, अछाममा ५९, बैतडीमा ३०, दार्चुलामा २७, डडेल्धुरामा १२ तथा धनुषा र बर्दिया जिल्लाका एक÷एक जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

प्रदेशमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
प्रदेशमा सबैभन्दा बढी कैलालीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

अछाम, बझाङ, बाजुराका दुई/दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बैतडी, डडेल्धुरा र कंचनपुरका एक÷एक जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
 

प्रकाशित: Oct 05, 2020| 03:39 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।