बाँके- बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
दैलेखको नारायणपुर नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय पुरुषको आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।
उनलाई आइतबार नै अस्पताल भर्ना गरिएको थियो । आन्द्रामा पनि समस्या देखिएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो।
आइतबार नै बाँकेमा कञ्चनपुरकी एक २९ बर्षीया सुत्केरीको मृत्यु भएको थियो।
बाँकेमा हालसम्म ३० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।