शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिण सुडानमा शान्ति सेनाको टोली फेरियो, ७८ जना प्रस्थान

दक्षिण सुडानमा शान्ति सेनाको टोली फेरियो, ७८ जना प्रस्थान

दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली फेरिएको छ ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं- दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली फेरिएको छ ।

सुडानमा रहेको टोलीलाई फिर्ता बोलाउँदै आज (सोमबार) बिहान ७८ जना नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसन सुडानतर्फ प्रस्थान गरेको छ ।

दक्षिण सुडानमा रहेको टोली असोज २० गते नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ। 

कोरोना महामारीमा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ।

शान्ति मिसनमा पठाउने टोलीलाई नेपाली सेनाले केही दिन अगाडिदेखि नै क्वारेन्टिनमा राख्दै आएको थियो ।
 

प्रकाशित: Oct 05, 2020| 01:54 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।