काठमाडौं- कर्मचारीमा कोरोना देखिएपछि बन्द भएको श्रम स्वीकृति आजदेखि सुचारु हुने भएको छ।
बुधबारदेखि बन्द भएको वैदेशिक रोजगार कार्यालय ताहाचल ४ दिनपछि सोमबारदेखि पुनः सूचारु हुने भएको हो।
सोमबारदेखि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सूचारु गरिने कार्यालयले जनाएको छ । आजबाट कार्यालयको सेवा सूचारु भएपनि निश्चित नियम भने पालना गर्नु पर्नेछ ।
कार्यालय प्रवेश गर्नुअघि कार्यालयको गेटमै साबुनपानीले हात धुनुपर्नेछ। सेवाग्राहीले कार्यालयमा लगाइएको गोलो चिन्हमा रहेर मात्रै सेवा लिन पाउनेछन्।
वैदेशिक रोजगार कार्यालय ताहाचलको फ्रन्ट डेस्कमै खटिएका एक जना कर्मचारीमा कोरोना देखिएपछि गएको बुधबारदेखि कार्यालयले सेवा प्रवाह रोकेको थियो।