शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्लाहीका ४२ वर्षीय कोरोना सङ्क्रमितको चितवनमा मृत्यु 

सर्लाहीका ४२ वर्षीय कोरोना सङ्क्रमितको चितवनमा मृत्यु 

 सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

लालबन्दी- सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

यही असोज १५ गते कलेजामा समस्या भई अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो ।

उनको कोभिड आइसियू कक्षमा राखी उपचार हुँदाहुँदै आइतबार साँझ ५ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले जानकारी दिए । 

चितवनमै आइतबार बिहान मात्र भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका – ७ जुटपानीका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो । 

प्रकाशित: Oct 05, 2020| 00:55 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।