शनिबार, भदौ १३, २०८३

पाँच लाखमा बलात्कारको घटना मिलाउने पक्राउ

पाँच लाख रुपैयाँमा बलात्कारको घटना मिलाउने पञ्चसहित बलात्कारमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– पाँच लाख रुपैयाँमा बलात्कारको घटना मिलाउने पञ्चसहित बलात्कारमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

सिराहाको विष्णुपुर गाउँपालिका– १ मा १२ असोजमा भएको बलात्कार घटनालाई मिलापत्र गराउने पञ्चसहितका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय शत्रुधन साहको घरमा २० वर्षीय मुकेशकुमार साहले १६ वर्षीया किशोरीको बलात्कार गरेका थिए।

घटना ढाकछोप गरी अभियुक्तलाई उन्मुक्ति दिलाउन उद्देश्यले गाउँघरमै मिलाउने भनी गाउँका केही मानिसहरुको संलग्नतामा गाउँमा पञ्चायत बसेको थियो। 

पञ्चायतमा बसेका मानिसहरुले पीडकको आफन्त ऋणीद्वय सिंहेश्वर साह र शत्रुधन साहसँग ५ लाखको कपाली तमसुक कागजसमेत गराई जगबीर यादवको जिम्मा राखी मिलापत्र गरेको भनि सूचना प्रहरी कार्यालयमा प्राप्तभएपछि प्रहरीले जगवीरको घरमा छापामा मारेको थियो।

उक्त घरमा मिलापत्र गराइएको कागज र तमसुक फेला परेको थियो। 

पक्राउ पर्नेमा मुख्य अभियुक्त विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साह रहेका छन्। 

त्यस्तै मिलापत्र गराउने काममा संलग्न ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरबिन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय रामउदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय श्यामसुन्दर यादव रहेका छन्। प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ। 

प्रकाशित: Oct 04, 2020| 12:23 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।