शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पैसा तिरेमा दुर्गम क्षेत्रका संक्रमितले 'एयरलिफ्ट' सुविधा पाउने

पैसा तिरेमा दुर्गम क्षेत्रका संक्रमितले 'एयरलिफ्ट' सुविधा पाउने

दुर्गम क्षेत्रका कोरोना संक्रमितले आफैले पैसा तिरेमा ‘एयरलिफ्ट’को सुविधा उपयोग गर्न पाउने भएका छन्।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- दुर्गम क्षेत्रका कोरोना संक्रमितले आफैले पैसा तिरेमा ‘एयरलिफ्ट’को सुविधा उपयोग गर्न पाउने भएका छन्।

सरकारले सहज रुपमा यातायातको सुविधा नभएका स्थानका कोरोना संक्रमितलाई सरकारले सशुल्क एयरलिफ्ट गर्ने तयारी गरेको छ। 

जनस्वास्थ्यका मापदण्ड अपनाई सशुल्क एयरलिफ्ट गर्नेगरी मापदण्ड तयार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल जानुपर्ने भएमा बिरामीले आफैले खर्च गरेर हवाई सुविधा लिन सक्नेछन्।

यस्तै मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालमा राखिएका लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा डिस्चार्ज गर्ने निर्णय गरेको छ। 

आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

गौतमका अनुसार काठमाडौं उपत्यकाका अस्पतालमा राखिएका लक्षण नभएका बिरामीलाई १० दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ आए घर पठाउने र पोजेटिभ आए थप चार दिन राखेर परीक्षण नगरी घर पठाउने यसअघि नै निर्णय भए पनि यसलाई पालना गर्न निर्देशन दिएको छ। अन्य क्षेत्रका अस्पतालहरुको हकमा भने निर्देशिका अनुसार हुने डा. गौतमले बताएका छन्। 

मन्त्रालयले यसपटकको दशैँ जहाँ छौँ त्यहीँ बसेर मनाउन आग्रह गरेको छ। कोरोना संक्रमणको दर बढ्दै गएकाले यसपटकको दशैंमा आवतजावत नगर्न मन्त्रालयले आग्रह गरेको हो। 

मन्त्रालयले अत्यवाश्यकबाहेक घरबाहिर ननिस्किन र कुनै पनि सभा सम्मेलन र गोष्ठी नगर्न पनि निर्देशन दिएको छ।

प्रकाशित: Oct 04, 2020| 11:40 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।