शनिबार, भदौ १३, २०८३

आज २२५३ जनामा कोरोना पुष्टि, १३२९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ८६ हजार ८२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको छ। यो सहित नेपालमा कुल १० लाख ७४ हजार ४४८ जनाको पीसीआर परीक्षण गरिएको छ।

सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ। जसमध्ये १० हजार ३२६ जना संस्थागत आइसोलेसनमा र ११ हजार ८९३ जना होम आइसोलेसनमा बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा विभिन्न आइसाेलेसन तथा अस्पतालबाट संक्रमणमुक्त भएर १ हजार ३२९ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनामुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ।

हाल विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ४ हजार २०३ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा ७ जना संक्रमितको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।
 

प्रकाशित: Oct 04, 2020| 10:40 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।