शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीसँग अविलम्ब वार्ता गर्न कांग्रेस सभापति देउवाको अपिल 

डा. केसीसँग अविलम्ब वार्ता गर्न कांग्रेस सभापति देउवाको अपिल 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग अपिल गरेका छन्।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग अपिल गरेका छन्।

पूर्वप्रधानमन्त्री देउवाले डा. केसीसँग अविलम्ब वार्ता गरेर उनको माग पूरा गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री देउवाले आइतबार प्रधानमन्त्रीलाई सम्बोधन गरी जारी गरेको अपिलमा भनेका छन्, ‘डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, माग पूरा गर्न र उहाँको जीवनरक्षा गर्न किञ्चित ढिलाइ नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनीसमेत म दिन चाहन्छु।’ 

देउवाले डा. केसीको अनशन २१ दिन पुगेर स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दासमेत सरकारले वार्ता गरेर माग पूरा गर्न गम्भीर नहुनुले स्थिति अत्यन्तै दुःखद र गम्भीर जनाएका छन्। 

देउवाले भनेका छन्, ‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमसमेतका उहाँका माग एक व्यक्तिका होइनन्। प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएका माग हुन्। जनभावनाअनुरुपका माग सुनुवाइ गर्नु सरकारको कर्तव्य हो।’ 

देउवाले सरकारले डा. केसीप्रति सुरुमा दुव्र्यवहार गरेर  आपत्तिजनक काम गरेको र अहिलेसम्म संवाद र समाधानमा उदासीन व्यवहार देखाएर लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्टतन्त्रको अनुदार चरित्र पुष्टि गरेको बताएका छन्।

अपिलमा ०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको नीति र नेतृत्वमा नेपालमा चिकित्सा शिक्षाको विस्तार भएको उल्लेख छ।

देउवाले चिकित्सा शिक्षा क्षेत्रमा  विसंगति बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्चस्तरीय कार्यदल गठन गरेको जनाएका छन्।

उनले भनेका छन्, ‘कार्यदलको सुझावबमोजिम सुधारका विविध कार्य अघि बढाएको थियो।’

देउवाले डा. केसीका माग पूरा गर्दै अघिल्लो सरकारले जारी गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ विस्थापित गर्नुको रिणाममा आजको स्थिति उब्जिएको जनाएका छन्।

देउवा नेतृत्वको तत्कालीन सरकारले ०७४ कात्तिक २४ मा अध्यादेश जारी गरेको थियो। तर वर्तमान सरकारले त्यसलाई विस्थापित गरेकाे थियो। 

वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. केसीसँग गरिएको सम्झौता उल्लंघन गरेर द्वन्द्वको बिउ सरकारले रोपेको ठहर देउवाको छ।

 उनले भनेका छन्, ‘अतः फेरि पनि संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।’ 

प्रकाशित: Oct 04, 2020| 10:25 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।