शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीलाई श्वासप्रश्वासमा समस्या, कृत्रिम अक्सिजन दिन थालियो

डा. केसीलाई श्वासप्रश्वासमा समस्या, कृत्रिम अक्सिजन दिन थालियो

जुम्लामा अनशन सुरु गरेका डा. केसीलाई ६ गते काठमाडौं ल्याइएको थियो। त्यसयता उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

उनलाई सास फेर्न गाह्रो हुन थालेपछि अक्सिजन दिन थालिएको उनका सहयोगीले जनाएका छन्। 

एक्कासि छाती दुख्ने भएपछि उनलाई अक्सिजनको सपोर्टमा राख्नुपरेको केसीका सहयोगी तोसीमा कार्कीले जानकारी दिइन्। डा. केसीले अन्य औषधि लिन मानेका छैनन्। उनले नियमित रुपमा खाइरहेको मुटुको औषधि पनि केही दिनदेखि खान छोडेको बताइएको छ। 

डा. केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालले आधिकारिक रुपमा केही जानकारी दिएको छैन। उनीसँग कसैलाई पनि भेट्न दिइएको छैन।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर बाहिरबाट आउने आगन्तुकलाई भेटघाटमा रोक लगाइएको छ अस्पतालले जनाएको छ।

जुम्लामा अनशन सुरु गरेका डा. केसीलाई ६ गते काठमाडौं ल्याइएको थियो। त्यसयता उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्। आज उनको अनशनको २१ औं दिन हो। 

प्रकाशित: Oct 04, 2020| 07:46 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।