शनिबार, भदौ १३, २०८३

पशुपति क्षेत्रमा आज र भोलि ब्ल्याकआउट गरिने

पशुपति क्षेत्रमा आज र भोलि साँझ ७ः०० बजेदेखि ७ः३० बजेसम्म बत्ती निभाउने (ब्ल्याकआउट) कार्यक्रमको घोषणा गरिएको छ । 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं- पशुपति क्षेत्रमा आज र भोलि साँझ ७ः०० बजेदेखि ७ः३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरिएको छ । 

पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिको आयोजनामा हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ । 

स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजिनामा माग गर्दै पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिले विकास कोषको कार्यालयमा धर्ना दिने र कोष घेराउलगायत विरोधका कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित: Oct 04, 2020| 07:00 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।