शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भैरहवामा निषेधित क्षेत्रमा प्रदर्शन, आयल निगमका ट्यांकरसमेत रोकिए 

भैरहवामा निषेधित क्षेत्रमा प्रदर्शन, आयल निगमका ट्यांकरसमेत रोकिए 

प्रदेशको स्थायी राजधानी रुपन्देहीबाट दाङ सार्न लागिएको विरोधमा नेपाली कांग्रेसले आह्वान गरेको बन्दको प्रभाव रुपन्देहीमा देखिएको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

भैरहवा– प्रदेशको स्थायी राजधानी रुपन्देहीबाट दाङ सार्न लागिएको विरोधमा नेपाली कांग्रेसले आह्वान गरेको बन्दको प्रभाव रुपन्देहीमा देखिएको छ।

लामो तथा छोटो दुरीका सवारीसाधन चलेका छैनन्। बन्दकर्ताले बुटवलमा निषेध आदेश उल्लघंन गरेर प्रदर्शन गरिरहेका छन्। यसैगरी भैरहवा, मुर्गिया, धकधई, मणिग्राम, लुम्बिनी, मर्चवार, बेथरी क्षेत्रमा कांग्रेस कार्यकर्ताले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

भैरहवाको देवकोटा चोकमा पार्टीका जिल्ला सदस्यहरु रामकिसुन विश्वकर्मा, नगर सभापति दीलिप धिताल, तरुण दल जिल्ला अध्यक्ष सोम गुरुङ, तरुण दल नगर अध्यक्ष दीपेन्द्र बुढाप्रीतिको नेतृत्वमा चक्काजाम भइरहेको छ।

यसका कारण भारतबाट डिजेल, पेट्रोल लिएर आयल निगम भलवारी डिपोतर्फ हिँडेका ट्यांकरसमेत सडकमै रोकिएका छन्।

प्रकाशित: Oct 04, 2020| 06:34 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।