शनिबार, भदौ १३, २०८३

विराटनगरमा थप एक संक्रमितको मृत्यु

विराटनगरमा थप एक कोरोना संक्रमितको आइतबार बिहान मृत्यु भएको छ। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

विराटनगर- विराटनगरमा थप एक कोरोना संक्रमितको आइतबार बिहान मृत्यु भएको छ। 

विराटनगर महानगरपालिका ९ का ६२ बर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९उपचार केन्द्रमा मृत्यु भएको हो। 

मृतक पुरुषमा कोरोना संक्रमण देखिएपछि विराट शिक्षण अस्पतालबाट थप उपचारका लागि शनिबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा रेफर गरेको थियो । 

उपचारका क्रममा आइतबार बिहान साढे ८ बजे मृत्यु भएको केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए। उनका अनुसार मधुमेहका बिरामी मृतक पुरुषमा शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो। 

प्रकाशित: Oct 04, 2020| 05:35 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।