मंगलबार, साउन १९, २०८३

विद्यालयमा विद्यार्थी उपस्थित गराउने अवस्था छैन :  शिक्षामन्त्री पोखरेल

विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस जोखिम कायमै रहेकाले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था अझै नरहेको बताएका छन्।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

लहान- विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस जोखिम कायमै रहेकाले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था अझै नरहेको बताएका छन्। 

सिरहाको गोलबजारमा शनिबार जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्युट उद्घाटन गर्दै उनले कतिपय स्थानीय तहका विद्यालयमा पठनपाठन भइरहेको सूचना आफूले पाएको हुँदा त्यसलाई तत्काल रोक्नुपर्ने बताए। 

“कोभिड–१९ को जोखिम अझै उच्च रहेकाले विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर होइन्, वैकल्पिक शिक्षण सिकाइ पद्धति अपनाएर शिक्षा दिनुपर्दछ”, उनले भने। मन्त्री पोखरेलले ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षामा पहुँच पु¥याउने सरकारको लक्ष्य रहेको बताए। उनले सोहीअनुरुप अहिले गाउँ गाउँका सामुदायिक विद्यालयमा प्राविधिक धारका विद्यालय सञ्चालन गर्न अनुमति दिएको बताए। 

मन्त्री पोखरेलले धेरैभन्दा धेरै विद्यार्थीले सीपमूलक शिक्षा पाउन भन्ने सोचका साथ आजसम्म देशका ६४५ पालिकामा प्राविधिक धारको शिक्षा पु¥याएको उल्लेख गर्दै प्राविधिक शिक्षाको स्तरोन्नतीका लागि प्रयोगशाला र दक्ष शिक्षकको आवश्यकता रहेको बताए। रासस
 

प्रकाशित: Oct 03, 2020| 15:42 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्