शनिबार, वैशाख ६, २०८२

यसरी 'माया' बोलाउँदैछन् गायक कृष्ण समिप

कृष्ण समिप सुवेदी र अन्नु चौधरी ‘ओ माया बोलन’ गीत लिएर आएका छन्।
 |  शुक्रबार, असोज ८, २०७८
nespernesper

राज सरगम

राज सरगम

शुक्रबार, असोज ८, २०७८

vianetvianet

मन परेको मान्छेलाई पर्खिनुजस्तो दिक्दारी अरु के होला? घन्टौँ कुराउनेसँग कति रिस उठ्ला। जसको प्रतीक्षा तीव्र छ, उही मानिस जब ढिलो आइपुग्छ, त्यसपछि कि गाली गर्न मन लाग्छ, कि नबोली हिड्दिन मन लाग्छ। तर प्रेममा भने गाली गर्न भन्दा पनि घुर्क्याउने चलन छ। मन परेको मान्छे ढिलै आएपनि मनमा खुशी त हुन्छ नै, तर युवती (उषा उप्रेती) घुर्क्याउन थाल्छे आफ्नो प्रेमीलाई। तर केटो माफी माग्दै भन्छः 

triton college

ओ माया बोलन 

मनका कुरा खोलन!

घन्टौँ कुरेर रिसाएकी प्रेमिकालाई युवक (सुनील गुरुङ) गीतमा फकाउन थाल्छन्- 

तिम्रै बाटो ढुकेर

National life insurance

कति बस्नु लुकेर 

सक्दिनँ कुर्न म 

रिसाएर हिँडेकी प्रेमिकालाई युवक फकाउन पछिपछि पर्छ। फकाउन नजिक सरेको प्रेमीको पिठ्यूँपछाडि युवती खुशी हुन्छे। तर अनुहार भने रिसाएझैं गरेर घुर्क्याउँछे। गायक सुवेदी भन्छन्, ‘प्रेममा घुर्काइ खुब चल्छ। युवतीहरू यसमा माहिर हुन्छन्।’

दुवै जना एकअर्कालाई रुचाउँछन्। कहिले प्रेमिकालाई युवक पर्खिने गर्छ। कहिले युवती पर्खिने गर्छिन्। लुकीलुकी भेट्ने माया देखाउने गर्दै आएका यी एक जोडी एकै कार्यालयमा कार्यरत छन्। 

आफ्नो दाजुले चलाउँदै आएको कम्पनीमा युवती कार्यरत छे। र युवक त्यही कम्पनीको कर्मचारी हो। युवती दाजुसँग आउनेजाने गरेपनि कार्यालयमा दाजुको आँखा छलेर प्रेम देखाउने गर्छे युवकसँग। आफ्नो कार्यकक्षमा बोलाउने गर्छे। तर युवक डराउँछ। डराएको युवकलाई युवतीले आँखा तरेर हैकम जमाउने गर्छिन्। यो पनि माया नै हो। 

युवक डराइडराई युवतीको क्याबिनमा जान्छ। तर्किएर बस्छ। तर युवती आफ्नो आँखामा हेर्न जोड गर्छिन्। लुकीलुकी भेट्दै आएका यो एकजोडीलाई डेटिङमा भएको बेला उसको दाजुले देख्छ। युवकलाई पिट्न ताक्छ तर हातै चाहिँ हाल्दैन। आफ्नै बहिनीलाई घिच्याएर लैजान्छ। 

सबै पाइन्छ रूप यहाँ भए, पाइँदैन माया किन्न 

तिम्रै छ आशा 

नतोड भरोसा।

दाजुका कारण कोठामा थुनिन पुगेकी युवतीले मोबाइलमा केटासँग कुरा गर्छे। युवतीले भागेर जाने योजना सुनाउँछिन्। युवक राजी हुन्छ। घडी हेर्दै युवक युवतीका प्रतिक्षामा बस्छ। युवती झोला बोकेर युवक समक्ष आइपुग्छे। युवती खुशीले रमाउँछेः 

मलाई सारा खुशी मिल्छ तिम्रो नै सेरोफेरो

हरेक प्रेमको अन्तिम बिन्दू एकअर्काको जीवनसाथी बन्नु हो। तर सबैको परिवारले प्रेमलाई सहजै स्वीकार्दैनन्। प्रेममा जब परिवार पर्खाल बन्छ प्रेम गर्नेको विकल्प हुन्छ– भागी विवाह। 

अन्तिममा प्रेमका खातिर भाग्न विवश जोडीको कथा हो सुवेदीको गीत। फिल्मी गीत जस्तो लाग्ने यो गीत लोकपप भन्न सकिन्छ। शब्द/संगीत सुवेदीकै हो भने स्वरमा सुवेदीलाई साथ दिएकी छिन्, अनु चौधरीले। सुवेदी भन्छन्, ‘रोमान्टिक गीत भन्दा फरक नपर्ला।’

माया प्रेममा आधारित भएपनि भौतिक माया भन्दा पनि आत्मिक मायालाई महत्व दिएको बताउछन सुवेदी। भन्छन्, ‘चली आएको परम्परा छोडेर स्वतन्त्र रुपमा बगेको गीत हो यो। प्रेममा गहिरो भाव छ र गायनमा सरलता छ।’

बालाजु आफ्नै घरको छतमा बसेर नागार्जुन डाँडा नियालीरहेको बेला उनको मुडमा ‘ओ माया बोलन’ आयो। स्थायी बनाए। भन्छन्, ‘गीतले मुड क्रेड गरेपछि हारमोनियममा प्रयाक्टिस गर्छु।’ उनी प्राय गीतको मुखडा सोच्ने बित्तिकै हारमोनियमका तारसँग गुनगनाउँछन्। भिजुअल देख्छन्। सांगीतिक ढाँचा तयार पार्छन्। भन्छन्, ‘भाका माझ्दै शब्द बनाउँदै मिटरमा ल्याउने गर्छु।’

गीतले आजको टिकटिक बजारलाई समेत मज्जैले छोइसकेको छ। 

बजारमा आएको गीत भन्दा भिन्न शैलीको दावी गर्ने गायक/संगीतकार सुवेदी सञ्चारकर्मी पनि हुन्। इमेज एफएममा ‘उकाली–ओराली’ कार्यक्रम चलाउँदै आएका सुवेदी लोक आधुनिक गीतमा स्वर दिँदै आएका छन्। 

गीतमा रमेश सेन्चुरीको एरेन्जमेन्ट छ। उषा उप्रेती सुनिल गुरुङ र सुलभ श्रेष्ठले गीतमा अभिनय गरेका छन्। आफ्नै नामको युट्युब च्यानलबाट सार्वजनिक गरेको थिए। संगीतका विविध विधामा रम्न मन पराउने र प्रयोग गर्न रुचाउनले सुवेदी इमेज एफएममा उकाली ओराली र इनसाइड स्टोरी लोकप्रिय छ। बहुआयमिक कलाकार कृष्ण पर्वत कलाकार समाजका महासचिव तथा धौलागिरी सांस्कृतिक समितिका अध्यक्षको कार्यभार पनि समाल्दै आएका छन्। 

नेपाली सांगीतिक क्षेत्रमा विगत डेढ दशकदेखि सक्रिय सुवेदीले लोकदोहोरी, लोक आधुनिक र पप गीतमा समेत स्वर दिदै आएको छ। ‘सिरसिर बतास मेरो हितैको मायालु कुन्नी कता छ’ (लोकदोहोरी) पछिल्लो समय उनको गीत ‘चल न माया चल’ बोलको लोकदोहोरी गीत लिएर आएका थिए। 


प्रकाशित: Sep 24, 2021| 14:34 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।