शनिबार, असोज १७, २०८३

काठमाडौंभन्दा तराईमा बढी महँगी: राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा भन्दा तराईमा उच्च मूल्यवृद्धि रहेको औंल्याएको छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा भन्दा तराईमा उच्च मूल्यवृद्धि रहेको औंल्याएको छ।

हिमाली क्षेत्र र काठमाडौं उपत्यकाको तुलनामा उत्पादन बढी हुने, उत्पादन लागत कम हुने र ढुवानी समेत सजिलो हुने भएपछि तराईमा मूल्यवृद्धि बढी रहेको राष्ट्र बैंकले जानकारी दिएको हो। 

राष्ट्र बैंकका अनुसार गत साउन महिनामा तराईमा ४.११ प्रतिशत मूल्यवृद्धि रहेको छ। उक्त मूल्यवृद्धि काठमाडौं उपत्यका र हिमाली क्षेत्रको तुलनामा न्यून हो। काठमाडौं उपत्यकामा ३.७ प्रतिशत र हिमाली भेगमा ३.५८ प्रतिशत मूल्यवृद्धि दर रहेको राष्ट्र बैंकले जनाएको छ। 

त्यस्तै पहाडी क्षेत्रमा साउन महिनामा मूल्य वृद्धिदर ५.६३ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। बिहीबार चालू आर्थिक वर्षको पहिलो महिनाको आर्थिक स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले समग्र मूल्यवृद्धि ४.३५ प्रतिशत रहेको उल्लेख गरेको छ। गत वर्षको सोही अवधिमा ३.४९ प्रतिशत मूल्यवृद्धि भएको थियो।

गत वर्ष साउनको तुलनामा यस वर्ष साउनमा खानेतेलको मूल्य अत्यधिक बढेको छ। घिउ तथा तेलको मूल्यवृद्धि २०.०७ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। 


प्रकाशित: Sep 24, 2021| 13:25 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्