बुधबार, चैत ११, २०८२

त्रिविको बजेट २१ अर्ब ८६ करोड ४५ लाख

त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७७।०७८का लागि २१ अर्ब ८६ करोड ४५ लाख २२ हजार रुपैयाँको बजेट पारित गरेको छ।
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७७।०७८का लागि २१ अर्ब ८६ करोड ४५ लाख २२ हजार रुपैयाँको बजेट पारित गरेको छ।

National life

त्रिवि सभाको शुक्रबार सम्मन्न बैठकले  आर्थिक बर्ष २०७७।०७८ का नीति कार्यक्रम तथा बजेट पारित गरेको हो। 

नियमित कार्यक्रमतर्फ ११ अर्ब ९५ करोड ३९ लाख ६६ हजार छ भने आन्तरिकतर्फ सञ्चालन तथा पुँजीगत खर्च नौ अब ५१ करोड पाँच लाख ५६ हजार र विकास कार्यक्रममा ४० करोड रकम प्रस्ताव गरिएको छ।

साथै आगामी वर्ष नियमित कार्यक्रममा हुने कुल खर्च ११ अर्ब ९५ करोड ३९ लाख ६६ हजारमध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट एक अर्ब ५० करोड व्यर्होने र बाँकी  १० अर्ब ४५ करोड ३९ लाख ६६ हजार विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारसँग अनुदान माग गर्ने प्रस्ताव गरिएको छ।

विद्युतिय माध्याम (अनलाइन) प्रविधिको प्रयोगबाट आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति  केपी शर्मा ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रसंशनीय भूमिका निर्वाह गरेको बताए। 

Laxmi sunrise bank
kumari

विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरको उच्चशिक्षा उपलब्ध गराउँदै आएको बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा थप अनुसन्धानमुखी एम् व्यावहाहिक शिक्षालाई प्रोत्साहन गर्नुपर्ने बताए। 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले कोेभिड १९ बाट सिर्जित विश्वपरिस्थितिलाई अवसरका रूपमा परिणत गर्दै उच्चशिक्ष थप सिर्जनशील एवं उत्पादनमुखी बन्नुपर्ने धारणा व्यक्त गरे। 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति  धर्मकान्त बास्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधि नवप्रवर्तन केन्द्रको निर्माण गरिएको, अनुसन्धानमा थप बजेटको व्यवस्था गरिएको, पूर्वाधार निर्माणलाई थप क्रियाशील गरिएको, विश्वविद्यालयको अन्तर्राष्ट्रिय स्तर निर्धारणमा उल्लेख्य उपलब्धी प्राप्त गर्न सफल भएको, कक्षाकोठामा प्रविधिको पहुँच विस्तार गरिएको बताए। 

विश्वविद्यालयका रजिस्टार पेशल दाहालले सभासमक्षण आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए। 

प्रकाशित: Oct 02, 2020| 11:50 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्