सोमबार, जेठ ४, २०८३

क्याम्पसलाई ‘महारानी’ उपहार 

यस वर्षको मदन पुरस्कार प्राप्त पुस्तक ‘महारानी’ का लेखक चन्द्रप्रकाश बानियाँले पृथ्वीनारायण क्याम्पस नेपाली विभागलाई पुस्तक प्रदान गरेका छन्। 
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

पोखरा–यस वर्षको मदन पुरस्कार प्राप्त पुस्तक ‘महारानी’ का लेखक चन्द्रप्रकाश बानियाँले पृथ्वीनारायण क्याम्पस नेपाली विभागलाई पुस्तक प्रदान गरेका छन्। 

National life

क्याम्पसको नेपाली विभागले उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँको स्वागतार्थ गरेको कार्यक्रममा सहभागी लेखक बानियाँले उपन्यास प्रदान गरेका हुन्। 

पुस्तकालय स्थापना गर्ने उद्देश्यले विभागले हाल नेपाली भाषाको साहित्य विधाको पुस्तक संकलन गरिरहेको छ। सोही उद्देश्यलाई सफल बनाउन उपन्यासकारले आफ्नो कृति विभागलाई हस्तान्तरण गरेका हुन्। 

लेखक बानियाँले महारानी आफ्नो पहिलो हस्ताक्षर नभएको खुलाए। ‘लेखनमा रुचि पहिल्यैदेखि थियो, कहिले मास्टरी त कहिले राजनीतिले मलाई लेखनबाट टाढा पु¥याएको थियो’ बानियाँले भने ‘शरीरमा बिमार भित्रिएपछिको फुर्सदले महारानी जन्मियो ।’ यसअघि उनका ५ पुस्तक प्रकासित छन् । 

सोही अवसरमा विभागको पुस्तकालयलाई लेखक तथा साहित्यकार रवीन्द्र माकाजु र गीतकार एवं साहित्यकार पद्मराज ढकालले पनि आफ्ना कृतिहरु प्रदान गरे । 

त्यस्तै, माकाजुले पुस्तकालय स्थापनार्थ १० हजार रुपैयाँ सहयोग गर्ने समेत जनाए । कार्यक्रममा विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपानेले मदन पुरस्कार विजेताको उपस्थितिले क्याम्पसको गरिमा झनै बढेको बताए। 
  

प्रकाशित: Oct 02, 2020| 01:39 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्