बुधबार, चैत ११, २०८२

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा देवकोटा 

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन्। 
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

पोखरा- गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन्। 

National life

सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटा नियुक्त भएको कुलपति गणेशमान गुरुङले जानकारी दिए। 

देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत छन्। उपकुलपतिको पदावधि ५ वर्ष हुनेछ । 

गण्डकी प्रदेशका लागि चाहिने हरेक खालका प्राविधिक र दक्ष जनशक्ति उत्पादनका लागि सरकारले यो विश्वविद्यालय स्थापना गरेको हो। 

विश्वविद्यालयले मेडिकल शिक्षाका साथै शिक्षण अस्पतालसमेत सञ्चालनको तयारी थालेको छ । 

Laxmi sunrise bank
kumari

विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त राख्नकै निम्ति बोर्ड अफ ट्रस्टिजको व्यवस्था भएको उनको दाबी छ। विश्वविद्यालयमा शिक्षक, कर्मचारी, विद्यार्थी युनियन केही नहुँने उनले बताए।

गण्डकी विश्वविद्यालय ऐन, २०७६ अनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा २३ सदस्यीय न्यासिक परिषद् रहन्छ । परिषद् सदस्यमा कुलपति, प्रदेश सचिव, प्राज्ञिक, समाजसेवी, दाता, उद्योगी, व्यवसायी, बढीमा ५ जना गैरआवासीय नेपालीसमेत रहनेछन्। 

कुलपतिले अध्यक्षता गर्ने परिषद्को बैठकले सदस्यमध्येबाट अध्यक्ष चयन गर्नेछ । पदाधिकारीमा अध्यक्ष, कुलपति, उपकुलपति, रजिस्ट्रार र डिन रहने व्यवस्था छ । विश्वविद्यालयको कार्यकारी परिषद्को संयोजकमा कुलपति रहने ऐनमा छ।


 

प्रकाशित: Oct 02, 2020| 01:32 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्