बुधबार, चैत ११, २०८२

प्रदेश १  :  तीन हजार शिक्षक प्रविधिमैत्री बन्दै

सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा पाँच जिल्लाका ६ वटा स्थानीय तहका ६ सय शिक्षकबाट प्रविधिमैत्री शिक्षण सिकाइ तालिम सुरु गरेको छ। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

विराटनगर– प्रदेश १ का तीन हजार शिक्षक प्रविधिमैत्री बन्ने भएका छन्। 

National life

सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा पाँच जिल्लाका ६ वटा स्थानीय तहका ६ सय शिक्षकबाट प्रविधिमैत्री शिक्षण सिकाइ तालिम सुरु गरेको छ। 

मन्त्रालयले इलामको सूर्योदय नगरपालिका, झापाको मेचीनगर र अर्जुनधारा नगरपालिका, मोरङको पथरीशनिश्चरे, सुनसरीको इटहरी उपमहानगरपालिका, उदयपुरको त्रियुगाका ६ सय शिक्षकलाई प्रविधिमैत्री शिक्षण सिकाइ तालिम सुरु गरेको हो।

एक महिनाभित्र ३० वटा स्थानीय तहका ३ हजार शिक्षकलाई प्रविधिमैत्री तालिम दिइने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। 
तीन हजार शिक्षकले सूचना प्रविधिसम्बन्धी तालिम लिइसकेपछि चेतना, प्रविधि र सीप प्रभावकारी हुने उनले बताए। 

विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण आवश्यक : मुख्यमन्त्री राई

Laxmi sunrise bank
kumari

मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाइ आवश्यक भएकोमा जोड दिएका छन्। उनले
विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियान  प्रदेश सरकारले सुरु गरिसकेको बताए।

सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारीमा सञ्चालित सूचना प्रविधिसम्बन्धी अनलाइन शिक्षक तालिमको बिहीबार शुभारम्भ गर्दै मुख्यमन्त्री राईले उक्त कुरा बताएका हुन्। डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रम बनिसकेको मुख्यमन्त्री राईले बताए।

‘तीन वर्षभित्र किताब र झोलामुक्त’

सामाजिक विकासमन्त्री जीवन घिमिरेले तीन वर्षभित्रमा प्रदेश १ का विद्यालयबाट किताब र झोलामुक्त हुने बताए। १० वर्षभित्रमा किताब र झोलामुक्त गरिने लक्ष्यअनुसार काम भइरहे पनि कोरोनाका कारण तीन वर्षभित्रमा पूरा हुने देखिएको उनको भनाइ छ। 

कोरोनाका कारण अनलाइन शिक्षण सुुरु भइसकेकाले किताब र झोलामुक्त प्रदेश बन्न अब ढिलाइ नहुने दाबी गरे। उनले भने, ‘विद्यालयमा तन्नाले छोपेर कम्प्युटर राख्ने अवस्था अन्त्य हुनेछ।’
 

प्रकाशित: Oct 01, 2020| 13:00 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्