सोमबार, जेठ ४, २०८३

पूर्वकप्तान थापा मनास्लु कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई मनास्लु वर्ल्ड कलेजले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई मनास्लु वर्ल्ड कलेजले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

National life

कलेजका तर्फबाट अध्यक्ष गजेन्द्र लामा र प्रिन्सिपल सागर श्रेष्ठ तथा ब्रान्ड एम्बासडरमा नियुक्त भएका थापाले एक वर्षका लागि गरिएको सम्झौतामा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा अध्यक्ष लामाले शिक्षासँगै खेलकुदको माध्यमबाट अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिँदै पूर्व कप्तान थापालाई ब्रान्ड एम्बासडर बनाएको बताए। त्यस्तै, प्रिन्सिपल श्रेष्ठले नेपाललाई फुटबलको माध्यमबाट चिनाउन सफल खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुशी लागेको बताएका छन्।

पूर्व कप्तान थापाले टिमसँग सहकार्य गर्ने अवसर दिएकोमा कलेजलाई धन्यवाद दिँदै खेलकुदको पाटोमा विशेष गरी फुटबलमा के गर्नु पर्छ त्यसका लागि सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।

भारतमा सन् २०११ मा भएको साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को लिग चरणको खेलमा बंगलादेश विरुद्ध खेलको अन्तिम समयमा फ्रिकिक मार्फत सागरले गरेको गोलले विश्वव्यापी चर्चा कमाएको थियो।

मनास्लुले यसअघि यू–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई प्लस २ अध्ययनका लागि छात्रवृत्ति दिएको थियो। मनास्लुले फुटबलका साथै बास्केटबल, तेक्वान्दो, क्रिकेट र भलिबल गरी हालसम्म ५५ खेलाडीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिसकेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए।
 

प्रकाशित: Sep 29, 2020| 08:19 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्