शनिबार, भदौ १३, २०८३

बहादुरी देखाएबापत मुसालाई स्वर्ण पदक 

कम्बोडियामा बारुदी सुरुङ हटाउने काममा सहयोग गरेको यो मुसालाई स्वर्ण पदक पाउने आफ्नो प्रजातिकै पहिलो मानिएको छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

मुसालाई स्वर्ण पदक! सुन्दा पनि आश्चर्य लाग्न सक्छ। लुगा काटिदिने, जमिन प्वाल पारेर फोहोर गरिदिने र अनाज खाएर दिक्क बनाउने मुसा मार्न हाम्रो समाजमा कडा विषादीको प्रयोग हुँदै आएको छ। यस्तै ग्रामीण भेगमा अझै पनि मुसा मार्न बिरालो पाल्ने चलन छँदै छ। 

तर यहाँ एउटा मुसाले बहादुरी देखाएबापत स्वर्ण पदक पाएको छ। बेलायतको एउटा च्यारिटी संस्थाले अफ्रिकी नस्लको मुसालाई स्वर्ण पदक दिएको हो। 

कम्बोडियामा बारुदी सुरुङ हटाउने काममा सहयोग गरेको यो मुसालाई स्वर्ण पदक पाउने आफ्नो प्रजातिकै पहिलो मानिएको छ। 

मागावा नाम दिइएको यो अफ्रिकी ‘ज्वाइन्ट पाउच्ड’ मुसा सात वर्षको छ। मागावाले सु्ँघेरै ३९ वटा बारुदी सुरुङ पत्ता लगाएको थियो। यसबाहेक उसले २८ वटा विस्फोट भइनसकेका बम पनि पत्ता लगाएको थियो। यो मुसालाई शुक्रबार बेलायतको च्यारिटी संस्था पीडीएसएले सम्मानित गरेको हो। 

मागावाले दक्षिण पूर्व एसियाली देश कम्बोडियामा १५ लाख वर्गमिटर क्षेत्रलाई बारुदी सुरुङ मुक्त बनाउनमा मद्दत गरेको हो। यी बारुदी सुरुङ सन् १९७० र १९८० को दशकमा बनाइएका थिए जुनबेला कम्बोडिया बर्बर गृहयुद्धको चपेटामा थियो। 

कम्बोडियाको माइन एक्सन सेन्टरका अनुसार अझै पनि ६० लाख वर्ग फिट क्षेत्रलाई बारुदी सुरुङमुक्त बनाउने काम बाँकी छ। यी बारुदी सुरुङका कारण सन् १९७९ देखि हालसम्म ६४ हजारको ज्यान गइसकेको छ भने २५ हजारभन्दा बढी अपांग भएका छन्। 

मुसाले कसरी पत्ता लगाउँछ?
मुसालाई विस्फोटक रासायनिक पदार्थ पत्ता लगाउन र बाँकी अन्य धातुप्रति बेवास्ता गर्न विशेष तालिम दिइएको हुन्छ। तालिमप्राप्त मुसाले डिटेक्टर औजारले भन्दा पनि चाँडै बारुदी सुरुङ पत्ता लगाउन सक्छ। यसरी सुरुङ पत्ता लगायो भने उसले साथी मानिसलाई त्यसको संंकेत गर्छ। मुसालाई तालिम दिन करिब एक वर्ष लाग्छ। 

मागावाको तौल १.२ किलो र लम्बाइ ७० सेन्टिमिटर छ। मुसाको तौल कम हुने हुँदा बारुदी सुरुङमाथि ऊ हिँड्दा सुरुङ विस्फोटको खतरा रहँदैन।

पीडीएसएका महानिर्देशक जेन म्याकलोगलिनले पत्रकार सम्मेलन गरी मागावाले बारुदी सुरुङबाट प्रभावित थुप्रै पुरुष, महिला र बालबालिकाको ज्यान जोगाउन सहयोग गरेको उल्लेख गरेका छन्। 

सात वर्ष उमेर पूरा गरिसकेको मागावा अब रिटायरमेन्टको नजिक छ। क्यालिफोर्नियाको स्यान डिएगो चिडियाघरका अनुसार जाइन्ट अफ्रिकी पाउच्ड मुसाको औसत उमेर आठ वर्ष हुन्छ। 

प्रकाशित: Sep 29, 2020| 06:55 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।