बुधबार, चैत ११, २०८२

ठण्डा दिमाग र फ्रेस शरीरका लागि फ्रुट चाट

खासगरी भिटामिन सी ले हाम्रो शरीरमा टी–सेल्स बनाउने काम गर्छ। टी–सेल्सले शरीरमा प्रवेश गर्ने भाइरस वा ब्याक्टेरिया खाइदिन्छ र हामीलाई कुनै पनि संक्रमण हुन दिँदैन। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

पूरै विश्व अहिले कोरोना भाइरससँग लडिरहेको छ। गएको डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको यो भाइरसबाट विश्वको कुनै देश अछूतो छैन। 

National life

वर्ल्डओमिटरको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर ३ करोड ३ लाखभन्दा बढी मानिसलाई कोरोना संक्रमण भइसकेको छ। यीमध्ये १० लाख ६ हजारको ज्यान गइसकेको छ। दैनिक रुपमा संक्रमित र मृतक थपिने क्रममा छन्।

आजको दिनसम्म कोरोनाको कुनै औषधि वा भ्याक्सिन बनिसकेको छैन। विश्वभरका स्वास्थ्य विशेषज्ञहरुले बताउँदै आएका छन्– कोरोना संक्रमणबाट बच्न शरीरमा भिटामिन सी र भिटामिन डी को कमी हुन दिनै हुँदैन।

खासगरी भिटामिन सी ले हाम्रो शरीरमा टी–सेल्स बनाउने काम गर्छ। टी–सेल्सले शरीरमा प्रवेश गर्ने भाइरस वा ब्याक्टेरिया खाइदिन्छ र हामीलाई कुनै पनि संक्रमण हुन दिँदैन। 

भिटामिनका स्रोतहरु थुप्रै छन्। यीमध्ये आज हामी ३ स्वादिष्ट फलको बारेमा जानकारी दिँदैछौं जसमा भरपूर मात्रामा भिटामिन सी पाइन्छ।

Laxmi sunrise bank
kumari

यो मौसममा हामी किवी, पाइनापल अर्थात् भुइँकटहर र स्ट्रबेरीको माध्यमबाट शरीरमा भिटामिन सी को पूर्ति गर्न सक्छौं। यी तीन फलको चाट बनाएर हरेक दिन खाने हो भने शरीरलाई भिटामिन सी पर्याप्त मात्रामा प्राप्त हुन्छ र रोग प्रतिरोधी क्षमता बनाइराख्न पनि मद्दत पुग्छ।

किवी एउटा साइट्रिक फ्रुट हो। किवीको दैनिक सेवनले शरीरलाई निरोगी राख्न मद्दत गर्छ। किवीमा भिटामिन सी का साथै अन्य थुप्रै पोषक तत्व पनि पाइन्छ।

स्ट्रबेरी पनि भिटामिन सी को राम्रो स्रोत हो। स्ट्रबेरीले हाम्रो शरीरमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लामेट्री वृद्धि हुन्छ। यसबाट रोग प्रतिरोधी क्षमता बढ्छ। 

भुइँकटहरले हाम्रो दिमागलाई ठण्डा र शरीरलाई फ्रेस राख्न मद्दत गर्छ। यसको नियमित सेवनले मौसमी बिमारीबाट हामीलाई टाढै राख्छ। भिटामिन सी को पनि राम्रो स्रोत हो भुइँकटहर। 

–नवभारत टाइम्स
 

प्रकाशित: Sep 29, 2020| 01:43 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्