बुधबार, चैत ११, २०८२

अब विद्यार्थीको रोल नम्बरमा पनि जोरबिजोर !  

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले सडकमा गुड्ने सवारी साधनका लागि कतिपय स्थानमा जोरबिजोर प्रणाली लागू गरेको छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

खोटाङ– कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले सडकमा गुड्ने सवारी साधनका लागि कतिपय स्थानमा जोरबिजोर प्रणाली लागू गरेको छ। 

National life

तर दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण सुरु गरेको छ। 

विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन सुरु गरेको पालिकाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न विद्यार्थीको रोल नम्बरमा जोरबिजोर लागू गरेको छ। 

सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन सुरु गराएको छ।

गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर बिजोर प्रणाली लागू गरेर पठनपाठन सुरु गरिएको पालिकाले जनाएको छ। 

Laxmi sunrise bank
kumari

यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ। 

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थी गाउँपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि उत्साहित देखिएका छन्। 

विद्यालय सञ्चालन गरिएपछि कुनै एक जनालाई कोरोना सङ्क्रमण देखिएको अवस्थामा भने अन्यलाई पनि सर्ने त्रास भने देखिएको छ।

यसअघि कोरोना कहरकै बीचमा पनि उक्त गाउँपालिकाले पठनपाठनलाई नियमित गराउने प्रयास गरेको थियो। 

असार मसान्त बित्दासमेत कोरोनाको असर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएपछि गाउँपालिकाले गत साउन ७ गतेदेखि भदौ ३ गतेसम्म गाउँटोलमै शिक्षक पठाएर पठनपाठनको गराएको थियो।

विद्यालयले आफ्नो अनुकूलमा बिहान, दिउँसो वा बेलुका तालिका बनाएर पठनपाठनमा सहजीकरण गर्ने व्यवस्था मिलाएको छ। 

विद्यालयमा हुने भीडलाई नियन्त्रण गर्न जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाइ केन्द्रमा आउने व्यवस्था मिलाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले बताए। 

‘भीडभाडलाई कम गर्न विद्यार्थीलाई कक्षामा भौतिक दूरी कायम गरेर राख्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘विद्यालयमा आएका विद्यार्थीलाई एक बेञ्चमा एक जना वा बढीमा दुई जनालाई मात्र राख्ने व्यवस्था गरेर पठनपाठन सुरु गरिएको छ।’

सात वडा रहेको गाउँपालिकाको ४८ विद्यालयमा पाँच हजार ५१२ जना विद्यार्थी हाल अध्ययनरत छन्। 

गाउँपालिकाको असोज ९ गते बसेको कार्यपालिकाको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार नियमित पठनपाठनलाई निरन्तरता गराउने निर्णय गरेको थियो। 

१० स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि अवरुद्ध पठनपाठनलाई आ–आफ्नै तरिकाले सञ्चालन गर्ने तयारी गरिरहेका छन्।  
-रासस

प्रकाशित: Sep 29, 2020| 01:23 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्