शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यूएसबी-सी चार्जर सबै फोनमा मिल्‍ने गरी उत्पादन गर्न ईयूको दबाब

यूएसबी-सी चार्जर सबै फोनमा मिल्‍ने गरी उत्पादन गर्न ईयूको दबाब

युरोपेली संघ (ईयू)ले चार्जर उत्पादकलाई सबै किसिमका फोन र साना विद्युतीय उपकरणमा मिल्‍ने गरी युनिर्भसल चार्जिङ सोलुसन दिने गरी चार्जर उत्पादन गर्द दबाब दिएको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

बर्सेल्स- युरोपियन युनियनले चार्जर उत्पादकलाई सबै किसिमका फोन र साना विद्युतीय उपकरणमा मिल्‍ने गरी युनिर्भसल चार्जिङ सोलुसन दिने गरी चार्जर उत्पादन गर्द दबाब दिएको छ। 

युरोपियन कमिसनले प्रस्ताव गरेको नयाँ नियमले सबै किसिमका मोबाइल फोन र विद्युतीय उपकरणमा एउटै चार्जर मिल्ने गरी उत्पादन गर्नुपर्ने उल्लेख गरिउको छ। नयाँ नियमको उद्देश्य एक नयाँ उपकरण किन्दा विद्यमान चार्जरहरुलाई पुन: उपयोग गर्नको लागी उपभोक्ताहरुलाई प्रोत्साहित गरेर अनावश्यक उपकरण खरिदलाई घटाउनु रहेको छ। 

युरोपेली युनियनमा बिक्री भएका सबै स्मार्टफोनहरुमा युएसबी-सी चार्जर हुनुपर्ने प्रस्ताव उक्त नियममा गरिएको छ। एप्पलले यस्तो कदमले नवीनतालाई नोक्सान पुर्‍याउने चेतावनी दिएको छ।

टेक-जायन्टसमेत स्मार्टफोनको मुख्य निर्माता एप्पलले आफ्नो आईफोन श्रृंखलामा 'लाइटिङ' कनेक्टरको उपयोग गरेको छ। एप्पलले बीबीसीलाई भन्यो, ' हामी चिन्तित छौं कि केवल एक प्रकारको कनेक्टरलाई अनिवार्य गर्ने नियमले नवीनतालाई प्रोत्साहित गर्नुको सट्टा बाधा पुर्‍याउँछ। जसले फलस्वरूप यूरोप र विश्वभरिका उपभोक्ताहरुलाई हानी पुर्‍याउँछ।'

सन् २०३० सम्म हरेक एप्पल उपकरण र उपयोग कार्बन तटस्थ बनाउने लक्ष्य राखेको पनि एप्पलले जनाएको छ। 

धेरैजसो एन्ड्रोइड फोनहरु यूएसबी माइक्रो-बी चार्जिंग पोर्ट लाग्‍ने बनाइएको छ भने अधिक आधुनिक उपकरणहरुमा यूएसबी-सी पोर्ट राखिएको छ। 

आईप्याड र म्याकबुकमा नयाँ मोडेलहरु यूएसबी-सी चार्जिंग पोर्टको उपयोग गरिएको छ भने सामसङ र हुवावेका लोकप्रिय एन्ड्रोइड उत्पादनहरुमा यूएसबी-ए टाइप पनि प्रयो गरिएको पाइएको छ। 

प्रकाशित: Sep 23, 2021| 22:30 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्