शनिबार, भदौ १३, २०८३

बिहे पार्टीमा पुगेर पूर्व प्रेमिकासहित चार जनाको हत्या

थाइल्याण्डमा एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकाको बिहे पार्टीमा गएर अन्धाधुन्ध गोली चलाई पूर्व प्रेमिकासहित चार जनाको हत्या गरेका छन्।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

बैंकक- थाइल्याण्डमा एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकाको बिहे पार्टीमा गएर अन्धाधुन्ध गोली चलाई चार जनाको हत्या गरेका छन्।

आइतबार साँझ थाइल्याण्डको नाखोन सी थम्मारत प्रदेशमा एक व्यक्तिले पूर्व प्रमेका, उनका पति र अन्य दुई जनाको हत्या गरेका हुन्।
घटनामा गोली लागेका अर्का व्यक्ति गम्भीर घाइते भएका छन्।

प्रदेशको थम्फन्रा जिल्लामा बिहेको पार्टीका लागि तयार गरिएको स्थानमा गएर ती व्यक्तिले नवविवाहित जोडीसहित अन्य व्यक्तिहरुमाथि गोली चलाएका थिए।

पूर्व प्रेमिका २४ वर्षीया दरावान बूनमीचाई र ३१ वर्षीय दुलाहा अरुन फोथावनको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै अन्य दुई जनाको मृत्यु भएको र एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार नवविवाहित जोडीले आइतबार बिहानैदेखि एउटा सजाइएको घरमा बिहे पार्टीको आयोजना गरेको थियो।

साँझपख अकस्मात पूर्व प्रेमी देखा पर्यो। उ पूर्व प्रेमिकाको नवविवाहित पतितर्फ बढ्यो र झगडा सुरु गर्यो। त्यसको केहीबेरमै उसले गोली चलायो र ४ जनाको हत्या गर्यो।
 

प्रकाशित: Sep 28, 2020| 09:00 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।