सोमबार, जेठ ४, २०८३

यसकारण लसुन पुरुषका लागि बढी लाभदायी

विशेषगरी लसुन पुरुषका लागि बढी लाभदायी हुन्छ। पुरुषका लागि किन लाभदायी छ त लसुन ?
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

बजारमा जुनसुकै सिजनमा पाइने र हाम्रो भान्सामा दैनिक प्रयोगमा आउने एउटा मसला हो लसुन। लसुनमा हाम्रो स्वास्थ्यलाई फाइदा गर्ने थुप्रै गुणकारी तत्वहरू पाइन्छ।

National life

विशेषगरी लसुन पुरुषका लागि बढी लाभदायी हुन्छ। पुरुषका लागि किन लाभदायी छ त लसुन ?

– लसुन नियमित खाने पुरुषमा प्रोस्टेटसँग सम्बन्धित रोगको खतरा कम हुन्छ।

– लसुनमा पाइने एन्टिअक्सिडेन्टले कलेजोको कार्यप्रणालीलाई चुस्तदुरुस्त बनाइराख्न मघत गर्छ।

– लसुनले ‘लो स्पर्म काउन्ट’ को समस्या कम गर्छ।

– यौन स्वास्थ्यसँग जोडिएका समस्या समाधान गर्न लसुन उपयोगी देखिएको विभिन्न अध्ययनबाट पुष्टि भएको छ।

– लसुनमा पाइने सेलिनियमले पुरुषलाई हुन सक्ने क्यान्सरको खतरा कम गर्छ।

– मुटुको रोगको खतरा सबैभन्दा बढी पुरुषलाई हुन्छ। लसुनको नियमित सेवनले केही मात्रामा भएपनि यो खतरा कम गर्छ।

– यौन सम्पर्कका बेला लिंग उत्तेजित नहुने (इरेक्टाइल डिस्फङ्क्सन) को समस्या छ भने लसुनलाई आफ्नो नियमित डाइटमा समावेश गर्नु उपयुक्त हुन्छ।

– लसुनले यौन शक्ति बढाउन पनि सहयोग गर्छ।

– लसुनमा कोलेस्ट्रोलको मात्रा निकै कम हुन्छ। यसले मुटुलाई स्वस्थ राख्न र रक्तचाप नियन्त्रणमा राख्न सघाउँछ।

– इन्डिया टाइम्सबाट
 

प्रकाशित: Sep 28, 2020| 01:26 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्