बुधबार, चैत ४, २०८२

राजस्थान र पञ्जावबीच आईपीएलमा खरो टक्कर

१३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स (आरआर) ले किंग्स इलावेन पञ्जावसँग प्रर्तिस्पर्धा गर्दैछ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं- १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स (आरआर) ले किंग्स इलावेन पञ्जावसँग प्रर्तिस्पर्धा गर्दैछ।

National life

युएईको शारजाह रंशगालमा राति पौने ८ बजे सुरु हुने खेलमा दुवै टिम जितको लक्ष्यका साथ मैदान उत्रनेछन्।

पञ्जाव आईपीएलको यस सिजनको आफ्नो तेस्रो खेलमा सहभागी बन्दैछ भने राजस्थान दोस्रो खेलका लागि मैदान उत्रने छ।

पछिल्लो खेलमा जस्तै राजस्थानका सन्जु समसन र पञ्जावका कप्तान केएल राहुल आजको खेलमा पनि केन्द्रमा रहने छन्। तर अष्ट्रेलियन कप्तान स्टिभ स्मिथ राहुलका लागि ठूलो चुनौती बन्न सक्नेछन्।

राहुल पछिल्लो खेलमा चेन्नईविरुद्ध १३२ रन प्रहार गर्दै आईपीएलको एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने भारतीय खेलाडी बनेका छन्। उनले ऋषभ पन्तको १२८ रनको रेकर्ड तोडे।

Laxmi sunrise bank
kumari

यता, आईपीएलको एकै इनिङमा सबैभन्दा धेरै स्कोर गर्ने ब्याट्स्मेन तथा अलराउन्डर क्रिस गेल हुन्। उनले १७५ रनको रेकर्ड बनाएका छन्। आईपीएलमा ६ सतक प्रहार गर्ने गेल एक्ला अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। उनी हाल पञ्जावबाट खेलिरहेका छन्।

हेड टू हेड

राजस्थान र पञ्जावबीच आईपीएलमा खरो टक्कर छ। प्रतिस्पर्धाका १९ खेलमध्ये १० खेल पञ्जावले जितेको छ भने ९ खेल राजस्थानले। पछिल्लो वर्षको कुरा गर्ने हो भने दुवै खेलमा पञ्जावले राजस्थानलाई हराएको थियो।

त्यस्तै, पछिल्ला पाँच खेलमा राजस्थान चार पटक पराजित भएको छ भने एक खेल जितेको छ। यो सिजनको कुरा गर्ने हो भने राजस्थानले पहिलो खेलमा उपाधि दावेदार चेन्नई सुपर किंग्सलाई निरास पारेको थियो। दुई खेल खेलेको पञ्जावले पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा हार बेहोरेको थियो भने दोस्रो खेलमा बैंग्लोरलाई हराएको थियो।
अंकतालिकामा दुवैको २ अंक छ।

पिच र मौसम

शारजाहमो आज राति आकास सफा रहनेछ भने तापक्रम २७ देखि २८ डिग्री सेल्सियसबीच रहनेछ। पीच कन्डिसनले ब्याटिङमा सहयोग गर्नेछ भने स्लो विकेटका कारण स्पिनर्सलाई पनि सहयोग गर्नेछ।

यो मैदानमा टस जितने टिमले पहिला ब्याटिङ गर्न मन पराउने छ। आईपीएलको जारी सिजनका ८ खेलमा शनिबार राति हैदराबदले मात्र टस जितेर ब्याटिङ राजेको छ। अन्य टिमले बलिङ रोजेका छन्।

तर, शादजाहमा सम्पन्न पछिल्लो १३ खेलमध्ये ९ खेलमा पहिले ब्याटिङ गर्ने टिमले जित निकालेको छ। पहिला ब्याटिङ गर्नेको सक्सेर रेट ६९ प्रतिशत छ।

आजको सम्भावित प्लेइङ ११ :
 

राजस्थान रोयल्सः स्टिभ स्मिथ (कप्तान), यशस्वी जयसवाल, सन्जु सैमसन९विकेटकिपर०, डेबिड मिलनर, रबिन उथप्पा, रेयना पराग, श्रेयस गोपाल, टम करन, जयदेव उनादकट, जोफ्र आर्चर र राहुल तेवतिया

पञ्जावः लोकेश राहुल (कप्तान), मयंक अग्रवाल, करुण नायर, सफराज खान, क्रिस गेल, ग्लेन म्याक्सवेल, कृष्णप्पा गौतम, मुरुगन अश्विन, शेल्डन कोटरेल, रवि बिश्नोइ र मोहम्मद शामी
 

प्रकाशित: Sep 27, 2020| 08:30 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।