शुक्रबार, फागुन १५, २०८२

मिस्टर आरजे र ईश्वरीको गीत निरन्तर 'ट्रेन्डिङ'मा

आइतबारसम्म साढे १२ लाखभन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको गीत सुरुदेखि नै ट्रेन्डिङमा बसिरहेको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं- चर्चित र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) र सञ्चारकर्मी ईश्वरी बरालको स्वरमा रहेको ‘नरिसाउन होइ’ गीत एक हप्तादेखि निरन्तर युट्युब ट्रेन्डिङमा बस्न सफल भएको छ।

National life

सुरज गैह्रे विवशको शब्द र मिस्टर आरजेको संगीतमा रहेको गीत दर्शकहरुले निकै रुचाएका छन्। आइतबारसम्म साढे १२ लाखभन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको गीत सुरुदेखि नै ट्रेन्डिङमा बसिरहेको छ।

सामान्यतया धेरै रुचाइएका भिडियो सामग्रीहरु ट्रेन्डिङमा बस्छन्।

गतीमा पल शाह, वर्षा सिवाकोटी, सरोज अधिकारी तथा आश्मा विश्वकर्माको अभिनय छ।

राजीव समरको कोरियाग्राफी रहेको गीतको म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन्। 

Laxmi sunrise bank

 

प्रकाशित: Sep 27, 2020| 07:45 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्