मंगलबार, साउन १९, २०८३

कागती पानीका फाइदै-फाइदा

भिटामिन ‘सी’ ले भरपूर कागती बहुउपयोगी छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

हाम्रो भान्सामा अक्सर प्रयोगमा आउने फल हो, कागती। भिटामिन ‘सी’ ले भरपूर कागती बहुउपयोगी छ।

बट्टामा राखेर अचारको रुपमा, अन्य अचारमा अमिलोको रुपमा, अन्य खानेकुरामा, पानीमा निचोरेर, अनुहारमा लगाउन पनि कागतीको प्रयोग गर्न सकिन्छ। 

आज हामी कागती–पानीका केही फाइदा बताउँदैछौं।

१) कागती पानीले तौल घटाउन मद्दत पुग्छ। वैज्ञानिक रुपमै यसको पुष्टि भइसकेको छ।

२) जसको अक्सर पेट सफा रहँदैन, उसले बिहान कागती पानी खानु लाभदायी हुन्छ।

३) कागती पानीले मिर्गौलामा पत्थरी हुनबाट निकै हदसम्म जोगाउँछ।

४) कब्जियतको समस्या छ ? नियमित रुपमा कागती पानी पिउनुहोस्, राहत मिल्छ।

५) कागती पानीमा हुने एन्टिअक्सिडेन्टले छालामा निखार ल्याउन मद्दत गर्छ।

६) कागती पानीले रोग प्रतिरोधी क्षमता पनि बढाउँछ किनकी यसमा भिटामिन सी पर्याप्त पाइन्छ।

७) सास गन्हाउने समस्या छ भने कागती पानी त्यसको राम्रो घरेलु उपचार हो।

८) कागती पानीले तनाव कम गर्न पनि मद्दत पुग्छ र दिमागलाई एक्टिभ बनाउँछ।

९) कागती पानीले आमाशय सफा गर्न मद्दत पुग्छ।

१०) कागती पानीले अपच हुनबाट बचाउँछ।
 

प्रकाशित: Sep 27, 2020| 02:06 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्