बुधबार, कात्तिक १९, २०८२

दलित बालक मन्दिर गएको भन्दै बुबालाई २५ हजार जरिवाना

भारतको कर्नाटक राज्यको कोप्पल जिल्लामा दुई वर्षीय बालकको जन्मदिनको अवसरमा मन्दिरको बाहिर प्रार्थना गरिरहेको समयमा ती बालक मन्दिरभित्र प्रवेश गरेका थिए।
 |  बिहीबार, असोज ७, २०७८

बीबीसी

बीबीसी

बिहीबार, असोज ७, २०७८

नयाँ दिल्ली- भारतमा एक दलित बालक मन्दिर गएको भन्दै उनका बुबालाई २५ हजार जरिवाना तिराइएको छ। भारतको कर्नाटक राज्यको कोप्पल जिल्लामा दुई वर्षीय बालकको जन्मदिनको अवसरमा मन्दिरको बाहिर प्रार्थना गरिरहेको समयमा ती बालक मन्दिरभित्र प्रवेश गरेका थिए। 

Kumaribank

ती बालक मन्दिरभित्र गएको भन्दै स्थानीयले ती बालकका बुबालाई २५ हजार जरिवाना गराइएको बताइएको छ। ती बालकका बुबा चन्दुले भारतीय सञ्‍चारमाध्यमलाई भने, 'म बाहिर प्रार्थना गरिरहेको थिए। सो समयमा मेरो बालक दौडेर मन्दिरभित्र प्रवेश गरेका थिए। तर, मैले तत्काल नै बाबुलाई समातिसकेको थिए। तर, ११ सेप्टेम्बरमा भएको एक सार्वजनिक बैठकमा गाउँदा ठूला मान्छेहरुले २५ देखि ३० हजार रुपैयाँ जरिवाना तिर्न भनियो।'

चन्दुले त्यति ठूलो रकम तिर्न सकेनन्। उनले आफ्नो समुदायमा सल्लाह गरेर प्रहरी चौकीमा उजुरी दिन सुझाइयो। तर, उनलाई स्थानीय गाउँबासीको डरका कारण उजुरी दिन अस्वीकार गरे। उजुरी दिएमा फेरि यो घटना दोहोरिनसक्ने भन्दै उजुरी दिन अस्वीकार गरेका थिए। 

उक्त कुरा डेप्युटी कमिसनर विकास किशोर सुलरकरले सुनेपछि उनले दलित बच्चा मन्दिर प्रवेश गर्दै मन्दिर फोहोर नहुने र फोहोर मानिसको दिमागमा भएको बताए। 

उक्त घटनापछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई कानुन अनुसार कारबाही गरिने बताइएको छ। 

Metro Mart

प्रकाशित: Sep 23, 2021| 22:55 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।