मंगलबार, साउन १९, २०८३

दीर्घ रोग नभएका कोरोना संक्रमितको धरानमा मृत्यु 

रानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ। 
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

काठमाडौं– धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ। 

गए राति साढे एक बजे ६३ वर्षीय पुरुषको निधन भएको अस्पतालले जनाएको छ। राजविराज ३ सप्तरीका उनलाई बिराट मेडिकल कलेज बिराटनगरले रेफर गरेको थियो। 

ज्वरो खोकी, स्वासप्रस्वशमा समस्या देखिएपछि उनलाई असोज ८ गते दिउँसो बीपी कोइरालाको कारोना अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले बताएका छन। 

पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको र उनमा कुनै दीर्घ रोग नभएको पनि अस्पतालले जनाएको छ। 

भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको शनिबार विहान १ बजेर ३० मिनेटमा निधन भएको प्रवक्ता सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शवको व्यवस्थापन नियमानुसार भइरहको अस्पतालले जनाएको छ।  

 

प्रकाशित: Sep 26, 2020| 04:21 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्