शुक्रबार, असोज २३, २०८३

सिभिल बैंकले सुरु गर्‍यो किसान समृद्धि कार्ड

 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं- सिभिल बैंकले किसानको समृद्धिका लागि किसान समृद्धि कार्डको सुविधा सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकको समृद्घिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको जानकारी दिएको छ ।

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेमा बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रुपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुविधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार पाँच लाख रुपैयाँसम्मको ऋण सुविधा उपलब्ध गराइन्छ ।

 

 

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी बचत खाता खोल्नु पर्छ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको बचत भन्दा बढी रकम झिकेमा बैंकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खुद ब्याज रकमको गणना हुनेछ ।

यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ जुन आफूलाई रकम आवश्यक परेमा उपयोग गर्न सकिन्छ । यो ऋण सुविधाको लागि कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाअनुसार यस सुविधाको ब्याजदरमा ५ प्रतिशत अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदर मै यो सुबिधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित विषम परिस्थितिमा कृषि स्वरोजगारमार्फत् कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो ।

प्रकाशित: Sep 25, 2020| 11:55 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्